आगमनको साधारणसभा

गौतमबुद्ध सन्देश
भैरहवा, २६ कार्तिक । आगमन महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड ओमसतिया–४, बसन्तपुर रुपन्देहीको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

प्रमुख अतिथी ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट(राहुल)ले गाउँपालिकामा हालसम्म सहकारी क्षेत्रमा केन्द्रित भएर कार्य गर्न नसकिएको बताउँदै अब चाडै सहकारी सस्ंथाहरु एवम् सरोकारवालाहरुलाई आमन्त्रित गरि सहकारी क्षेत्रको विकासको बारेमा बिषय प्रवेश गर्ने योजना राखेको बताए ।

कार्यक्रममा बोल्दै बक्तारुले सहकारी मार्फत बचतसँगै आर्थिक क्रियाकलापमा प्रेरित गर्नुपर्ने, सहकारीमा योजना बनाई नमुना बनाउने प्रयासमा सबै प्रतिबद्ध भएर लाग्नु पर्ने, सहकारीलाई थप बलियो बनाउन आवश्यक रहेको बताए ।

संस्थाकी उपाध्यक्ष जया उपाध्यायको स्वागत मन्तव्यबाट सुरु भएको सभामासभामा अध्यक्ष विद्या पछाईले बार्षिक प्रतिवेदन, लेखा समितिको प्रतिवेदन लेखा संयोजक पुष्पा पन्थी, आयव्यय विवरण सहितको आर्थिक प्रतिवेदन कोषाध्यक्ष रोशनी पौडलले प्रस्तुत गरेकी थिइन भने सचिव सिता कुमारी सुनारको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *