नेपालले दियाे जिम्बाब्वे ‘ए’ लाई १ सय ८२ रनकाे लक्ष्य

बैशाख १८,काठमाण्डाै – पहिलाे टी–२० अभ्यास खेलमा नेपालले जिम्बाब्वे ‘ए’ लाई एक सय ८२ रनकाे लक्ष्य दिएकाे छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८१ रन बनायाे ।

नेपालका लागि माेहम्मद अदिल आलमले नटआउट ४७ रन बनाए । यस्तै कुशल भुर्तेल ४६, राेहित पाैडेल ३६ र दीपेन्द्रसिंह ऐरी २८ रनमा आउट भए । बलिङतर्फ जिम्बाब्वे का ब्राड इभान्स, लुकी जाेङ्गे, ब्रान्डन मभुता र जाेन मसराले एक/एक विकेट लिए ।

नेपाल र जिम्बाब्वे ए ले तीन खेलकाे टी–२० क्रिकेट र तीन खेलकाे एकदिवसीय क्रिकेट खेल्ने तालिका छ ।

आईसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय शृङ्खलाकाे तयारीका लागि नेपालले जिम्बाब्वे ‘ए’ सँग शृङ्खला खेल्न लागेको हो ।

Facebook Comments