मुनलाइटमा स्वागत तथा पुरस्कार वितरण

गौतमबुद्ध सन्देश
भैरहवा, २६ कार्तिक । मुनलाइट आवासीय मा.वि. सिद्धार्थनगर भैरहवामा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरुले नवआगन्तुक कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेका छन् ।

शनिबार एक कार्यक्रमका बीच एस.ई.ई. परीक्षा उत्रिर्ण गरी उच्च शिक्षा हासिल गर्नका लागि आएका १ सय ९० जना विद्यार्थीहरुलाई उनिहरुले स्वागत गरेका हुन् ।

कार्यक्रममा कक्षा १२ की छात्रा कविता तिवारीको अध्यक्षता, मुनलाइट मा.वि. व्यवस्थापन समितिका सल्लाहकार ओमकार गौचनको प्रमुख आतिथ्यता, व्यवस्थापन समितिका उपाध्यक्ष सरद कुमार शर्माको विशिष्ट आतिथ्यता, कोषाध्यक्ष राजेश खरेल, विद्यालयका प्राचार्य राजेशराज जोशी, प्लस टु संयोजक तथा जनसम्पर्क अधिकृत टिकाराम भट्टराई, कक्षा ११ कि विद्यार्थी सगुन ज्ञवाली लगायतले मन्तव्य राखेका थिए ।

सोही कार्यक्रममै प्रथम त्रैमासिक परिक्षामा उत्रिर्ण विद्यार्थिहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो । परिक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने कक्षा ११ का सुर्ति मिश्रा प्रथम, प्रदिप पाल द्वितीय र सगुन ज्ञवाली तृतीय तथा कक्षा १२ का राम किसन दास प्रथम, लक्ष्मी भुषाल द्वितीय, सुनिता कुवंर तृतीयलाई सम्मान गरिएको थियो । उनीहरुलाइ बिद्यालयले क्रमसः प्रथम हुनेलाइ १०० प्रतिसत, द्वितीयलाइ ५० प्रतिसत र तृतीयलाइ २५ प्रतिसत मासिक शुल्कमा छुट सुविधा उपलब्ध गराउने विद्यालयका प्राचार्य राजेशराज जोशीले बताए ।

कार्यक्रम विद्यार्थी सुनिता कुवंरको स्वागत तथा शित्तल सुनार र रामकीशुन यादवको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम समेत गरेका थिए । कार्यक्रममा समितिका सदस्य तथा विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments