आईपीएल क्रिकेटमा आज पञ्जाब र लखनउ खेल्दै

बैशाख १६, काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज पञ्जाब किङ्ग्स र लखनउ सुपरजायन्ट्स खेल्दैछन् ।
खेल बेलुका पौने आठ बजे पुणेमा हुनेछ । आठ खेलमा १० अङ्कसहित लखनउ चौथो स्थानमा छ, आठ खेलमा आठ अङ्क जोडेको पञ्जाब सातौँ स्थानमा छ ।
गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई हराएको थियो ।

Facebook Comments