उज्यालो र बृहत् बुटवल : ‘दिगो बिकास र योजनाबद्ध सहर निर्माण हुँदै’

३० चैत्र, बुटवल ।

लुुम्बिनी प्रदेशको मुकाम बुटवल, हरेक दृष्टिकोणले देशको मुटु हो । विकासको पर्यावाची हो । सुन्दरताको प्रतिविम्व हो । अंगे्रज शासकलाई परास्त गरी बिजय हासिल गरेको जितगढीमार्फत वीरताको गाथा सुनाउने बुटवल, मानव विकासको क्रमसँगै रामापिथेकसको विचरण भूमि हो ।
तिनाउ नदीको समीपमा रहेको बुटवल, तराई, पहाडको संगम हो । नून खेप्न आउनेहरुको पुरानो बटौली, इतिहासको बिरासत हो भने भविष्यको विराट सहर हो । बुटवलको उत्तरतिर पाल्पाको तिनाउ गाउँपालिका, दक्षिणतिर तिलोत्तमा नगरपालिका एवम् शुद्धोधन गाउँपालिका, पूर्वमा देवदह नगरपालिका र पश्चिममा सैनामैना नगरपालिका रहेको छ ।

कूल एक सय एक वर्ग किलोमीटर क्षेत्रफलमा फैलिएको बुटवलको जनसंख्या २०७८ सालको जनगणना अनुसार १ लाख, ९५ हजार, ५४ जना रहेको छ । शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरले बुटवलमा बसाइँ सरेर आउनेहरुको संख्यामा उल्लेख्य वृद्धि भएको पाइन्छ । कृषि, व्यापार, पर्यटन, पशुपालन र औद्योगिक विकासले फड्को मार्दै गएको बुटवल देशकै नमूना उपमहानगरपालिका हो ।

२०७४ सालको स्थानीय निर्वाचन पश्चात बुटवल उपमहानगरपालिकाले विकासको रोडमोडेलका रुपमा आफूलाई उभ्याएको छ । नगर विकासका आधार भौतिक विकासमात्र होइन, सामाजिक, नैतिक, सांस्कृतिक, पुरातात्विक, साहित्य, कला, सभ्यताका साथै पर्यटन प्रवद्र्धनका लागि बुटवल उपमहानगरपालिकाले समग्र विकासमा आफ्नो सामथ्र्य प्रदर्शन गर्दै आइरहेको छ । सवल आर्थिक केन्द्र, समुन्नत बुटवलको परिकल्पनालाई पूरा गर्ने अभियानको अभियन्ता नै बुटवल उपमहानगरपालिका हो ।


बुटवल उपमहानगरपालिकाकाे नवनिर्मित भवन
‘समृद्ध बुटवल, खुसी बुटवलबासी’को आकाङ्क्षालाई पूरा गर्न आवधिक योजना, पञ्चवर्षीय योजना, रणनीतिक योजना तथा १५ वर्षे गुरुयोजना, नगर शिक्षा योजना र बृहत बुटवलको लक्ष्य लिएर अघि बढिरहेको बुटवल उपमहानगरपालिका, अन्तर्राष्ट्रिय संस्था जीआइजेडको सर्वेक्षण र मूल्यांकनका आधारमा लगानीमैत्री वातावरण निर्माण गर्नेमा देशकै उत्कृष्ट एवम् अब्बल नगरका रुपमा पुरस्कृत भएको छ । व्यवसायिक एवम् लगानीमैत्री वातावरणका दृष्टिले आर्थिक केन्द्रका रुपमा बुटवल उत्कृष्ट रहेको पाइन्छ । राजस्व परिचालन र सहुलियतको व्यवस्थाले व्यवसायीहरुमा उत्साह थपिएको छ र करहरुमा विशेष छुटको समेत प्रबन्ध गरिएको छ । आन्तरिक स्रोतको बृद्धी गर्ने प्रयाप्त आधार तयार पार्दै राजस्वको सही परिचालन समेत भएको छ ।

‘मेयर युवा ईलम’ कार्यक्रमले सयौंलाई स्वरोजगार बनाएको छ, उद्यमी बनाएको छ र सीपयुक्त नागरिक बनाएको छ । उपप्रमुख उद्यमशीलता विकास कार्यक्रममार्फत बुटवललाई शून्य बेरोजगार केन्द्रका रुपमा विकास गर्ने एउटा विशेष अभियानमा बुटवल उपमहानगरपालिका निरन्तर गतिशील छ र त्यसका आवश्यक आधार तयार पार्ने काम भएको छ । हजारौंलाई सीप एवम् प्रविधिमैत्री तथा आयमूखि तालिममा सहभागी गराई दक्ष जनशक्तिका रुपमा विकास गरी आफ्नो खुट्टामा आफै उभिन सक्ने स्वावलम्बी नागरिक उत्पादनलाई पहिलो प्राथमिकता दिएर अघि बढिरहेको छ ।

आधारभूत तहसम्मका विद्यार्थीका लागि आफ्नै स्थानीय पाठ्यक्रम बनाएर पढाउन थालिएको छ । ‘सिंगो बुटवल ः एक विद्यालय’को मुलुककै नौलो अवधारणाको चरणबद्ध कार्यान्वयन हुँदैछ । शैक्षिक गुणस्तरको विकास गर्दै नगर शिक्षा योजना अनुसारका क्रियाकलापमार्फत बुटवलले शैक्षिक उन्नयनमा फड्को मार्दैछ । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर मापनमा मुलुकमै उत्कृष्ट नतिजा प्राप्त भएको छ । बुटवलमा जनप्रतिनिधि निर्वाचित भएपछि चालिएका योजनाबद्ध कदमहरुको प्रतिफलका रुपमा यसलाई पनि लिन सकिन्छ ।


जितगढी किल्लाकाे नयाँ स्वरुप
बुटवल उपमहानगरभित्र रहेका सामुदायिक विद्यालयहरुका नयाँ भवन बनाउने, भएका भवनको मर्मत सम्भार गर्ने, नयाँ छानो हाल्ने, ट्रष्ट जडान गर्ने, अपांगमैत्री सहितका शौचालय निर्माण गर्ने, सूचना प्रविधि कक्षासहितका विशेष पुस्तकालय र बुक कर्नर निर्माण गर्ने, खानेपानीको प्रवन्ध मिलाउने, विज्ञान प्रयोगशाला निर्माणमा विशेष पहल भएका छन् । बुटवलका सामुदायिक विद्यालयहरु देशकै नमूना विद्यालयमा पुरस्कृत भएपछि यहाँका सरोकारवालाहरुमा उत्साहसमेत छाएको छ ।

बीटीआईमै प्राविधिक विषयमा उच्च तहका कक्षा सुरु हुने भएका छन् । यसका लागि बुटवल उपमहानगर र काठमाडौं विश्वविद्यालयसँग सम्झौता भइसकेको छ । अब बीटीआईमा प्राविधिक एवम् उच्चशिक्षाको पठनपाठन सुरु हुँदैछ । लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालय बनाइँदैछ । विपन्न र जेहेन्दारलाई छात्रवृत्ति, शैक्षिक अवसरका लागि अनेकौं प्रोत्साहनका कार्यक्रमहरु तय गरेर बढेको यो उपमहानगरपालिकाले बुटवललाई देशकै शैक्षिक हबको रुपमा विकास गर्दैछ ।

‘समृद्धिका लागि वन, सबैका लागि वन’को नारालाई साकार पार्नका निम्ति नगरमा हरियाली, एक वन एक पोखरी, जडीबुटी रोपण,हरियाली प्रवद्र्धन तथा सहरी सौन्र्दयीकरण, पर्यावरणीयमैत्री पिकनिक स्पर्ट,पार्कहरु निर्माण र विस्तारमा नगरले सक्दो प्रयास र सफलता हासिल गरिरहेको छ । यसअवधिमा बुटवलका वनमा २३ वटा पोखरी निर्माण भएका छन् ।

खेलले निरोगी बनाउँछ, रोजगारी दिन्छ । भातृत्वको भावना जागृत गराउँछ । बुटवलमा यतिबेला खुल्ला व्यायामशाला, खेल पूर्वाधार विकास र सिंगो बुटवललाई खेलकूदको हब बनाउने अभियानमा बुटवल उपमहानगरपालिका लागिपरेको छ । कभर्डहल निर्माण गर्ने, फुटवल र क्रिकेटका मैदान निर्माण गरिएका छन् भने विद्यालयहरुमा रहेका खेल मैदानको स्तरोन्नति गरिएको छ । एक वडा एक मैदान अनिवार्य भन्ने लक्ष्यका साथ काम भएका छन् ।

बुटवल, पर्यटनको मुख्य केन्द्र हो, सांस्कृतिक सहर हो र वीरताको किल्ला जितगढी सम्पदाको स्थल हो । शान्ति पार्क, हील पार्क, मिलन पार्क, मणिमुकुन्द उद्यान (फुलबारी), रामपिथेकस पार्क, लक्ष्मी पार्क, जेवी स्मृति पार्क, भैरव पार्क, हरियाली पार्क, विभूति पार्कले बुटवललाई पार्कहरुको सहरका रुपमा पहिचान बढाएका छन् । हील पार्कलाई थप व्यवस्थि तगर्दै वीग बुद्ध पार्क बनाइँदैछ ।

बुटवलमा भव्य आधुनिक एवम् सुविधायुक्त होटल, लज,रिसोर्टहरु खुल्दैछन् । लगानीमैत्री वातावरण तयार पारेका कारणले निजी लगानीको आकर्षण बढाएको छ । बुटवल बसन्तपुर, बुटवल नुवाकोटमा केबलकार निर्माणका प्रक्रिया अगाडि बढेका छन् । पुराना होटल, लजहरुले आफूलाई स्तरोन्नति गर्दैछन् । सडकहरु पीच भएका छन् । नालायुक्त बाटाहरु ग्राभेलिङ्ग हुँदैछन् । बजारका पूmटपाथहरु इन्टरलक टायलले छापिएका छन् । पर्यटकहरुलाई आकर्षण गर्न र धार्मिक संहिष्णुता कायम गर्नका लागि नगरका मन्दिर, गुम्बा, मस्जिद, चर्चहरुलाई कलात्मक बनाइएका छन् । जिर्णोद्धार गरिएका छन् र धार्मिक पर्यटनका आधारका रुपमा विकास गरिएका छन् ।

बटौली जितगढी युद्ध संग्रहालय निर्माण पूरा हुने चरणमा रहेको छ । जितगढी सम्पदा परिसरमा उजिरसिंहको पूर्णकदको शालीक राखिएको छ । १३ जना बीर योद्धाहरुको प्रतिमाहरु सम्पाद परिसरमै राखिएका छन् । नेपालको विशाल झण्डा फहराइएको छ । बैसाख ७ गतेलाई विजयोत्सव दिवसको रुपमा मनाउने परम्पराको थालनी भएको छ । यसअघि विजय उत्सव दिवसको मिति यकीन थिएन । जनप्रतिनिधि निर्वाचित भएपछि जितगढी विजय उत्सव दिवस निरन्तर मनाइरहेको छ । राजमार्गको डिभाइडरहरुमा हरियाली फूलवारीसँग बुद्ध, रामपिथेकस, उजिरसिंहका प्रतिमाहरु राख्ने कामले अन्तिम रुप लिदैछ । सुन्दर बुटवल, स्वच्छ बुटवल राख्नका लागि यतिबेलासम्म ३३ वटा सार्वजनिक शौचालय निर्माण भइसकेका छन्, सोलार बत्ती जडित डिजिटल प्रतिक्षालय निर्माण भएका छन् ।

सीमसार क्षेत्रको रुपमा रहेको बैठौलिया कपरकट्टी तालको संरक्षण र प्रवर्ध्दन गर्दै ३० विगाहा जग्गामा फैलाइएको छ । दुई विगामा खुम्चिएको र अतिक्रमणमा परेको ताल अहिले ३० विगाहा फैलिएर नौका विहार सञ्चालन भएको छ । यहाँ आउने पर्यटकहरुलाई सुविधा दिन शौचालय, चमेना गृह बनाइएको छ । सुन्दरताका लागि लाइटिङ्ग, फूटपाथ, पुल, विश्राम स्थल र सेल्फी सेन्टर बनाइएका छन् । पर्यटकलाई जलयात्रा गराउनका निम्ति सञ्चालन भएको नौंका विहारले थप आकर्षण बढाएको छ । पौराणिक महत्व बोकेको र धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास भइरहेको नरेनापुर धामलाई संरक्षण र विस्तार गर्दै थप शौन्दर्यकरण गरिएको छ, हरियाली पार्क निर्माण गरिएको छ । सोही स्थान नजिकैको नदीउकासको जग्गा संरक्षण गर्दै पर्यावरणमैत्री पिकनिक स्थल बनाइएको छ । नरेनापुर धामको संरक्षण र सम्वद्र्धनका लागि पार्क, बहुउद्देश्यीय सभा हलको निर्माणको सम्पनाले त्यसक्षेत्रको मुहार फेरिएको छ ।

विपद् व्यवस्थापनका लागि बुटवलले प्रदेशस्तरीय विपद् जोखिम न्यूनीकरण केन्द्र स्थापना गरेको छ । विपद् व्यवस्थापनमा गुरुयोजना बनाएर कार्यान्वयन गर्न तथा पूर्व तयारी भण्डारण केन्द्र समेत सञ्चालनमा ल्याएको छ । ज्योतिनगरको पहिरोलाई नियन्त्रण गर्नका लागि विज्ञ टोलीसँग सहकार्य गर्दै आएको छ र स्थानीयहरुलाई राहत दिन सक्दो प्रयास भएका छन् ।

सार्वजनिक, निजी र साझेदारी अवधारण अन्तर्गत बुटवलमा देशकै पहिलो ढुवानी ग्राम बनेकाे छ । बुटवलको सुन्दरता अनि विकासका निम्ति यो ढुवानी ग्रामले विशेष महत्व राख्दछ । बुटवलले नयाँ औद्योगिक ग्रामको समेत अवधारणा तयार पारेको छ । भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गाको आवश्यक तथ्यांक संकलन गरी कम्प्यूटरमा डाटा इन्ट्री गरेको छ । कार्यदल गठन गरी संकलन गरिएका करीब २० हजार फारमलाई अनलाइनमा सबमिट गरिएको छ, कतिपय जग्गामा नापजाँच सुरु भएको छ । लालपूर्जा वितरणका लागि सम्बन्धित सरोकारवाला निकायसँग पहल भएको छ । बहाल बिटौरी र गाउँ ब्लक जग्गाका सयौं लालपूर्जा बितरण भएका छन् ।

पुल, भौतिक संरचनामात्र होइन बरु यो त भावना जोड्ने सेतू पनि हो । २०७४ को स्थानीय तहको निर्वाचनदेखि हालसम्म बुटवल उपमहानगरपालिकाभित्र १७ वटा पुल निर्माण भइसकेका छन् । बुटवलले बनाइरहेको बुटवल चक्रपथमा पर्ने सडकलाई छिमेकका पालिका र तिनाउ दानव करिडोरमा लिंक गर्ने आन्तरिक वाइपासका सडकहरु निर्माण भएका छन् । स्थानीय बासिन्दाहरुलाई पुलले आर्थिक, सामाजिक, सांस्कृतिक एवम् पर्यटकीय दृष्टिकोणले जोडेको छ । विकटतालाई निकटतामा ल्याइ पुराएको छ र सहरोन्मुख ग्रामीण बस्तीको कायापलट भएको छ । जनप्रतिनिधिमा विकासको प्रष्ट भिजन भएको, दुरदर्शिता र दिगो विकासको अवधारणाबनाई कार्यान्वयनमा उपयुक्त कार्यक्रम बनाएको नतिजा अहिले देखिन थालेको छ ।

बुटवलको एउटा पर्यटन गन्तव्य !
बुटवल-१६ बैठौलिया कपरकट्टी ताल डेढ बिगाहामा खुम्चिएको, जलकुम्भी र झाडीले ढाकिएको तथा अतिक्रमणमा परेको अवस्थामाबाट जनप्रतिनिधि आएपछि संरक्षण, विस्तार र सम्बर्द्धन गरिएको छ । हाल ताल करिब ३५ बिगाहामा फैलिएको छ र लम्बाइ झण्डै तीन किलोमिटरको छ । यहाँ डुंगा सञ्चालन गरिएको छ ।
बुटवलमा ग्रामीण सहरहरु पनि छन् । जहाँ कृषि नै पहिलो आधार बनेको छ । सहरी कृषि प्रवर्ध्दनका लागि भएका कामले बुटवललाई मुलुकमा अब्बल बनाएको छ । किसानलाई प्रोत्साहन, हौसला र सहकार्यले कृषिलाई आधुनिकीकरण बनाउन र व्यवसायिक बनाउन मद्दत मिलेको छ । आधुनिक एवम् प्रविधिमैत्री खेतीप्रणालीलाई उपमहानगरले जोड दिएको छ । कृषिबाट आर्थिक क्रान्ति गर्न सकिन्छ भनेरै समय सापेक्ष कृषि प्रणालीमा किसानहरुलाई नगरसँग जोडिएको छ । निर्वाहमुखी होइन निर्यातमुखी खेती प्रणालीलाई प्राथमिकता दिइएको छ ।

अर्गानिक खेतीमा ध्यान दिइएको छ । मौसमी पात्रोलाई अपनाउँदै माटो र हावापानी सुहाउँदो खेतीमा नगरले जोड दिएको छ । किसानलाई प्राविधिक सल्लाह,सहयोग गर्दै आधुनिक प्रविधि, उन्नत बीउविजन र सिंचाईमा लगानी बढाएको छ । उत्पादन गरेका फसललाई धितो राखेर अनुदान दिएको छ । व्यवसायिक खेतीका लागि कृषि औजार तथा उपकरणको प्रवन्ध गरेको छ । हरित् गृह निर्माण, भाडामा जग्गा लिइ कृषि गरेका किसानहरुलाई जग्गा भाडामा अनुदानमा दिने गरेको छ । नगरले कृषि सडकमा लगानी बढाएको छ ।

कृर्षकसँग छलफल तथा तरकारी खेतीकाे अवलाेकन
नगरले पशुपंक्षीपालनलाई आम्दानीसँग जोडेको छ । पशु सेवा एवम् सुविधा र बजारीकरणमा नगरले सक्दो मद्दत गरेको छ । पशु वधशाला निर्माणको क्रम जारी छ । शिवनगर सामुदायिक वनभित्र करिव ८ बिगाहा जग्गामा छाडा पशु चौपाया व्यवस्थापन गर्न नन्दनी गौसंरक्षण केन्द्र निर्माण गरी सञ्चालनमा ल्याइएको छ र यसलाई अझ विस्तार र दिगो सञ्चालनको योजना तयार पारिएको छ । नगरले फोहोरमैला व्यवस्थापनमा सबै पक्षसँग हातेमालो गरेको छ । यसको दीर्घकालीन व्यवस्थापनका लागि कञ्चन गाउँपालिका, सैनामैना नगरपालिकासँग मिलेर फोहोरमैला प्रशोधन केन्द्र बनाउने कामले गति पाएको छ । फोहोरबाट मोहोर पाउने नौलो अभियान समेत थालेको छ ।

भौतिक धन त क्षणिक हुन सक्छ । साँचो धन त स्वास्थ्य हो । जसको सुरक्षा र संरक्षणले दीर्घायूपना दिन्छ । बुटवल नगरले आफ्ना नागरिकहरुलाई स्वस्थ्य, तन्दुरुस्त र दीर्घायू बनाउनका निम्ति गतिला र सजिला स्वास्थ्य नीति, योजना, कार्यक्रमहरु तय गरी कार्यान्वयन गर्दै आइरहेको छ । जनस्वास्थ्यको संवेदनशिलतालाई विशेष हेक्का राख्दै उपयुक्त कार्यक्रम बनाउने बुटवल यसक्षेत्रको पहिलो पालिका हो ।

स्वस्थ रहनका लागि शुद्ध पानीको प्रवन्ध गरेको छ । डीप बोरिङ्ग, स्यालो ट्यूवहरुको जडान तथा मर्मत गरेको छ । बढ्दो जनसंख्या र कम्तिमा आगामी ५० वर्षका लागि तिनाउको झुम्साबाट बुटवलमा पानी ल्याउन पाइप दछ्याइएको छ । खोपको सुनिश्चितता गर्दै पूर्ण खोपयुक्त नगर घोषणा गरेको छ । वडाहरुमा आधुनिक ल्यावसहित मेडिकल अफिसर र स्वास्थ्यकर्मीहरुको टीम राखेर सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनमा आएका छन् । निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन भएका छन् । गर्भवती परीक्षण, सुत्केरी आमाहरुको स्वास्थ्य स्याहार, पोषण शिक्षा र सामग्री निःशुल्क रुपमा वितरण गरिदै आएको छ । नगरले स्वास्थ्य केन्द्रहरुलाई स्तरीकरण, सेवामुखी र सुविधा सम्पन्न गराएको छ । आधारभूत स्वास्थ्य केन्द्रको स्थापना गरेको छ । स्वास्थ्य जनशक्ति, औषधी र औजारलाई थप गरेको छ । सरकारी स्वास्थ्य संस्थाहरुमा सेवा लिने नागरिकहरुको संख्या वर्षेनी ५० हजार बढी पाइन्छ ।

नगरका विद्यालयहरुमा नगर स्वास्थ्य शिक्षा तथा सेवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्तिहरुलाई नियमित तथा निःशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको छ । कोरोना संक्रमित कहाँ जनप्रतिनिधिहरु आयुर्वेदिक औषधी बोकेर गएको दृष्टान्त सबैका लागि उदाहरणीय बनेको थियो । कोरोना पीडितहरुले दैलामा जनप्रतिनिधिहरुलाई भेट्दा गर्व महसुस् गरेका थिए भने जनप्रतिनिधिहरुले आफ्नो कर्तव्यप्रति गौरव गर्ने अवसर पाएका थिए । बुटवललाई सांस्कृतिक सहर बनाउने अवधारणा तयार भएको छ । विभिन्न जातीय सद्भाव कायम राख्ने खालका संग्रहालयहरु बन्ने क्रममा छन् । अल्पसंख्यक जातिहरुको उत्थान, ज्येष्ठ नागरिक मिलन केन्द्रहरु धमाधम बन्दैछन् । विभूति पार्क निर्माण हुँदैछन् ।

सुशासन विकासको मापक हो । बुटवल उपमहानगरपालिका, सुशासनको दृष्टिकोणले अग्रभागमा छ । यसका लागि बुटवलले स्थानीय सरकार सञ्चालनका निम्ति आवश्यक पर्ने सय बढी ऐन, नियम, मापदण्ड, निर्देशिका, कार्यविधि र आचारसंहिता निर्माण गरेको छ । पालिकाहरुमध्ये देशकै पहिलो र व्यवस्थित इजलासको स्थापना गरेर पाँच सय बढी विवादहरुलाई किनारा लगाएको छ । स्नातक उत्तीर्ण गरेका सय बढीलाई मेलमिलापकर्ताका रुपमा सबै वडाहरुमा परिचालन गरेको छ । वर्षौंदेखि थाती रहेका कतिपय विवादहरुलाई मेलमिलाप र इजलास मार्फत समाधान गरिएको छ ।

काेराेना महामारीकाे समयमा आइसाेलेशमा रहेका संक्रिमतहरुलाई याेगा
वडा तथा नगर नागरिक बडापत्र निर्माण गरी टाँस गरिएको र कार्यान्वयनमा ल्याइएको छ । बिचौलियामुक्त नगर बनेको छ बुटवल उपमहानगरपालिका । सेवाग्राहीहरुका गुनासो सुन्न र सम्बोधन गर्न जनप्रतिनिधि सहायता सेवा कक्ष सञ्चालनमा ल्याइएको छ ।
बुटवल, आधुनिक सहर बन्दैछ अर्थात् बनाइँदैछ । डिजिटल बुटवल बनेको छ । सबै घरमा डिजिटल नम्बर, पञ्जीकरण पनि डिजिटल । एक वडा एक प्राविधिक र इन्जिनीयर तोकेर सेवा प्रवाह सञ्चान गरिएको छ । बहुतले भवनलाई अनुमति दिइएको छ । योजनावद्ध उपसहर निर्माणमा जोड दिइएको छ । आफ्नै प्रयोगशालामा निर्माण सामग्रीको गुणस्तर जाँच्ने विधि ल्याइएको छ र उपमहानगर परिसरमै आधुनिक प्रयोगशाला निर्माण गरिएको छ ।

उज्यालो बुटवलका लागि टोलबस्तीहरुमा बिद्युतीकरणतर्फ ध्यान दिइएको छ । राजमार्गमा ट्राफिक आइल्याण्ड, स्मार्ट प्रतिक्षालय बनाइएका छन् । सहयोगापेक्षी सडक मानवमुक्त सहरका रुपमा बुटवललाई विकास गरिएको छ । लैङ्गिक हिंसामुक्त सहरको कार्ययोजना,कार्यान्वयन हुँदै गइरहेको छ । बुटल क्षेत्रको भाषा, साहित्य, कला, संस्कृति र सभ्यताको खोज, अध्ययन, अनुसन्धान र प्रवद्र्धनका लागि बुटवल प्रज्ञाप्रतिष्ठानको गठन भएको छ । सम्भव यो नेपालकै पहिलो स्थानीय सरकारको प्रज्ञाप्रतिष्ठान हो ।


बुटवलकाे आन्तिरक सडक
बुटवललाई लुम्बिनी र अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलसँग जोड्नका लागि सर्किट, रणनीतिक मार्ग, वैकल्पिक मार्ग र रिङ्गरोडहरुको समेत निर्माण गरिँदै छन् । यतिमात्र होइन चीनको सियान सहरसँग भगिनी सम्बन्ध कायम गरी मैत्रीपूर्ण भावना र सहयोग आदान प्रदान गर्ने कामको थालनी भएको छ । सक्षम एवम् दक्ष जनप्रतिनिधिहरु, कर्मशील कर्मचारीहरु र विकासमा हातेमालो एवम् समन्वय गर्न रुचाउने नगरबासीहरुको सहसम्बन्ध, सहकार्य र सहयात्रा अनि स्थानीय, प्रादेशिक एवम् संघीय साधन, स्रोतको अधिकतम प्रयोग र परिचालनले नै आजको बुटवल अर्थात् उज्यालो बुटवल बन्न सम्भव भएको हो ।

बुटवल उपमहानगरका केही तस्विरहरु
[caption id="attachment_18330" align="alignnone" width="300"] KP Oli Butwal

Facebook Comments