टाटा मोटर्सले सुरु गर्‍यो प्यासेन्जर कारको एक्सचेन्ज क्याम्प

फागुन २७,काठमाण्डाै – नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले एक्सचेन्ज क्याम्प सुरु गरेको छ। कम्पनीले काठमाण्डौको थापाथली शोरुमबाट यो क्याम्प सुरु गरको हो। बिहीवारदेखि सुरु भएको एक्सचेन्ज क्याम्प मार्च १३ सम्म चल्ने कम्पनीले जनाएको छ।
क्याम्पमा टाटाका प्यासेन्जर कार प्रयोगकर्ताले आकर्षक सट्टापट्टा बोनस र लोयल्टी बोनस प्राप्त गर्नेछन्।
साथै, हरेक गाडीकाे उत्कृष्ट भ्यालुएसन, अन द स्पट फाइनान्स लगायतका सेवा सुविधाका साथै र हरेक भ्यालुएसनमा उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

Facebook Comments