कांगे्रसले गठन ग¥यो निर्वाचन परिचालन समिति

रामचन्द्र रायमाझी
पाल्पा, २० कार्तिक । आसन्न प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कँग्रेसका उम्मेदवारहरुलाई विजय गराउन नेपाली काँग्रेसले विभिन्न समिति तथा उपसमिति गठन गरेको छ ।
पार्टीको सोमवार बसेको बैठकले पार्टीको कार्यकर्ता देखि भातृ संस्था , शुभेच्छुक संस्थाहरुलाई परिचालन गर्ने निर्णय गरेको छ । पार्टीका प्रचार विभाग प्रमुख राधेश्याम ज्ञवालीका अनुसार पार्टी सचिव अजयमान कर्मचार्यको संयोजकत्वमा जिल्ला परिचालन समिति , अर्को सचिव झपेन्द्र गैरेको संयोजकत्वमा प्रचारप्रसार अनुगमन समिति र निर्वाचनको प्रचार प्रसार समितिमा प्रचार विभाग प्रमुख राधेश्याम ज्ञवालीको संयोजकत्वमा नेपाल प्रेस युनियन सदस्य सहितको समिति गठन गरिएको छ ।
बैठकले क्षेत्रिय प्रचार प्रसार समितिमा अन्र्तगत क्षेत्र नम्वर १ मा क्षेत्रीय सभापति सन्तोष थापाको संयोजकत्व, क्षेत्र नम्वर २ मा क्षेत्रीय सभापति राम बहादुर कार्कीको संयोजकत्वमा समिति गठन गरेको छ । त्यस्तै प्रदेशको १ नम्वर क मा रमण बहादुर थापा, १ ख मा विष्णु बोमरेल , प्रदेश नम्वर २ क मा यमलाल तिमिल्सेना र २ ख मा नल बहादुर रानालाई प्रदेश प्रचार प्रसार संयोजकको रुपमा पार्टीले जिम्मेवारी दिएको छ । बैठकले दरुण दल का जिल्ला सभापति मेजर सिंह केशी र नेपाल विद्यार्थी संघका जिल्ला सभापति कृष्ण आलेको संयोजकत्वमा जिल्ला दरुण तथा युवा परिचालन समिति गठन गरेको छ । नेपाली काँगे्रका पूर्व केन्द्रीय सदस्य राजन प्रसाद पन्तको संयोजकत्वमा लोकतन्त्र बचाउ बैचारीक समिति गठन गरिएको छ । शान्त बोहोराको संयोजकत्वमा महिला परिचालन र दल बहादुर राजपुतको संयोजकत्वमा दलितहरुसँग समन्वय गरि परिचालन गरिने गरि समिति गठन गरिएको पार्टी सचिव झपेन्द्र गैरेले बताए ।

Facebook Comments