मेलामा दर्शकको घुँइचो,एकै दिन ४० हजार दर्शक, आईतबार मेला समापन हुने

गौतमबुद्ध सन्देश
बुटवल, १८ कार्तिक । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलले आयोजना गरेको दोस्रो राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि व्यापार तथा पर्यटन प्रबद्र्धन २०७४ मा शनिबार दर्शकको निकै चाप बढेको छ । शनिबार विदाको दिन परेको पनि दर्शकको चाप बढेको हो । साथै मेलामा भलिवल प्रतियोगिता जारी रहेकाले पनि दर्शकहरु झुम्मिएका छन् ।

शनिबार भएको भलिबल प्रतियोगितामा ३–० सेट अन्तरले आधिखोला युवा क्लव हङकङ स्याङ्जाले मणिमुकुन्द युवा क्लब बीलाई पराजित ग¥यो । ई–सेवा समाज नेपालले ३–२ सेट अन्तरले ब्रेभ गोर्खा क्लबलाई पराजित ग¥यो । मणिमुकुन्द क्लब बी ले ३–१ सेट अन्तरले प्रहरी तालिम केन्द्रलाई पराजित ग¥यो भने मणिमुकुन्द युवा क्लव ए ले मानपकडी युवा क्लबलाई वाकओभरमा पराजितत ग¥यो । आइतबार फाइनल चरणका खेलहरु हुने खेल संयोजक नेत्र रुचालले जानकारी दिए ।

अत्याधिक घुँइचो रहेको मेलामा शनिबार जीवन शर्मा, जीवन परियार, जुना मगर, उमादेवी खनाल, हाँस्य कलाकार शशी रिजाल लगायतका कलाकारले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएको प्रचार संयोजक यमलाल मरासिनीले जानकारी दिए ।

शनिबार मेलामा करीब ४ करोडको कारोबार भएको र ३८ हजार दर्शकले मेलाको अवलोकन गरेको आयोजक संगठनका निवर्तमान अध्यक्ष खिमनारायण पराजुलीले जानकारी दिए । मेला आइतबार दिउँसो साढे दुई बजे समापन हुनेछ । समापनको कार्यक्रमको प्रमुख अतिथिको रुपमा ने.क.पा. एमालेका प्रभावशाली नेता एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल आउने आयोजकले जानकारी दिएका छन् ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *