यसरी भैरहेको छ, भैरहवामा मेलाको तयारी(हेर्नुहोस तस्विरमा)

गौतमबुद्ध सन्देश
भैरहवा, कार्तिक  ।
उद्योग व्यापार संगठन रुपन्देहीले भैरहवामा यही कात्र्तिक ३० गतेदेखि मंसिर ११ गते सम्म आयोजना गर्न लागेको चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवको तयारी तीव्र रुपमा अगाडी बढेको छ ।
परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रुपान्तरित गरी राष्ट्रिय साना तथा घरेलु उद्योग र व्यापारको प्रोत्साहन तथा प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको “चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव–२०७४” को लागि मेला स्थल अञ्चलपुरमा अहिले तीव्र रुपमा निर्माण कार्य भइरहेको छ ।

१. प्रवेशद्धार निमार्णः


मुलगेट निमार्णसँगै, यो महोत्सवमा भिन्न खालको प्रवेशद्धार निमार्ण अन्तर्गत ड्रागनको मुखआकृति निमार्ण कार्य भैरहेको छ । जसमा दर्शकहरु ड्रागनको मुखबाट प्रबेश गर्न पाउनेछन । हाल सम्म नेपालमै नबनाइएको आधुनिक तरिकाको प्रवेशद्धार निमार्ण अन्तर्गत यो संरचना तयार गरिदैछ ।
२.सचिवालय निर्माणः


परम्परागत रुपमा निमार्ण गरीने यो संरचना बाँस र खरको प्रयोग गरी आर्कषक ढंगले बनाइदै छ ।
३. मायादेवी मन्दिर निर्माणः


महोत्सवको अर्काे आकर्षकको रुपमा रहेको मायादेवी मन्दिर निर्माण पनि भइरहेको छ । जसभित्र बुद्धसँग सम्बन्धित विभिन्न संरचनाहरु राखीने छ भने आईटि सम्बन्धी स्टलहरु रहनेछन ।
४.स्टलहरु निर्माणः


उद्योग, व्यापार, कृषि, पर्यटन, होटल, प्रबिधि तथा अटो लगायतका क्षेत्रको प्रतिनिधित्व हुनेगरी ३५० स्टलहरु राखिने लक्ष्यअनुरुप स्टल निमार्ण कार्य पनि भइरहेको छ ।
५.बालउद्यानः


विभिन्न मनोरञ्जनात्मक खेलहरुको लागि बालउद्यानको पनि निमार्ण हुदैछ ।
६. अन्य आकर्षणः
त्यससँगै, विभिन्न प्रकृतीका माछापोखरी निर्माण, सेल्फी स्पट, मञ्च निमार्ण कार्य अगाडि बढेको आयोजकले जनाएको छ ।
महोत्सवको आकर्षकको रुपमा पुरुष तथा महिला कुस्ती प्रतियोगिता, जिल्ला स्तरीय फेसन शो, बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, राउटे जातीको अवलोकन, उँट नाच, विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती, साँझको समयमा ख्यातिप्राप्त कलाकारद्वारा डिजे, स्थानीय भोजपुरी कलाकारको प्रस्तुती लगायतका कार्यक्रमहरुले महोत्सवलाइ थप आकर्षित बनाउने आयोजकले जनाएको छ ।

थप , यो पनि पढ्नुहोस ।

  1. interview    https://gautambuddhasandesh.com/2017/11/08/%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5%e0%a4%95%e0%a5%8b-%e0%a4%b2%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%8d%e0%a4%af-%e0%a4%a8%e0%a4%be%e0%a4%ab%e0%a4%be%e0%a4%ae%e0%a5%81%e0%a4%96/

दर्शकको माग अनुसारका कलाकारहरुको व्यवस्था गरेका छौं ।

महोत्सवमा भारत सम्मका दर्शक भित्राउने लक्ष्य छ ।

2. news

औद्योगिक व्यापार मेलाको तयारी तीव्र, प्रवेशद्वार ड्राइगनको मुखाकृति

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *