२४ घन्टामा देशभर १० हजारभन्दा बढि कोरोना संक्रमित

माघ ४, काठमाडौं ।

पछिल्लो २४ घन्टामा देशभर १० हजार २ सय ५८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २२ हजार ८ सय २८ जनामा गरिएको परीक्षणमा १० हजार २ सय ५८ जना संक्रमित भेटिएका हुन्।

आज एक जना संक्रमितको मृत्यु भएको छ भने ५ सय ६२ जना संक्रमणमुक्त भएका छन्।

Facebook Comments