सुनकाे भाउ तीन सय रुपैयाँले घट्याे

माघ २, काठमाण्डाै ।

सुन चाँदीको भाउ आज केही घटेको छ । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेर ९२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी तोलामा १० रुपैयाँले सस्तो भएको छ । आज चाँदीको भाउ तोलामा १२ सय ५० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Facebook Comments