बढ्याे सुनको मूल्य

३० पुष,काठमाडौं-नेपाली बजारमा शुक्रबार सुन प्रतिताेला २०० रुपैयाँले बढेकाे छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार५०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार २०० को दरले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार २०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोलामा एक हजार २६० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोलाको एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

Facebook Comments