भैरहवामा भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु

३० पुष,भैरहवा-भैरहवाको बुद्धचोकमा भारतिय ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । करिब ११ बजे बुद्धचोकमा युपी ४२ एपी ४३५२ नम्बरको भारतिय ट्रकले लु१८प ५७१६ नम्बरको मोटरसाइकललाइ ठक्कर दिएको थियो ।
मृतकको पहिचान खुली नसकेको र ठक्कर दिने ट्रक प्रहरी नियन्त्रणमा रहेको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलले जानकारी दिए ।

Facebook Comments