कोरोना नियन्त्रणका लागि सरकारले सबै संयन्त्र परिचालन गरिसकेको छ : मन्त्री कार्की

२९ पुस, काठमाडौं-सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताएका छन् ।
पछिल्लो समय कोरोना संक्रमण उच्च गतिमा फैँलिदै गएका बेला सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले कोरोना नियन्त्रणका लागि सरकारले सबै संयन्त्र परिचालन गरिसकेको बताएका हुन् । उनले नागरिकको जीवन रक्षाप्रति सरकार संवेदनशील रहेको बताए ।

Facebook Comments