सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो

पुस २९,काठमाण्डाै – सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ ।
हिजो तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज पाँच सय रुपैयाँले बढेर ९२ हजार पाँच सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।आज चाँदीको भाउ पनि २० रुपैयाँले बढेकोे छ ।
आज चाँदी तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Facebook Comments