प्रयोगशाला उपकरण हस्तान्तरण

गौतमबुद्ध सन्देश
बुटवल, २७ पुस ।
लायन्स क्लब बुटवल स्टार्सले रुपन्देहीको गैडहवा गाउँपालिकामा रहेको शिवनगर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रयोगशाला उपकरण प्रदान गरेको छ । क्लबले प्रयोगशालाका लागि आवश्यक पर्ने ल्याब ईक्वपमेन्ट, केमिकल राख्नको लागि फ्रिज, परीक्षण गर्नको लागि केमिकलसहित दुई लाख रुपैयाँ तथा एकलाख बराबरको औषधि सहयोग गरिएको हो ।
साथै क्लबले निःशुल्क स्वाथ्य शिविर समेत गरेको छ । आँखा, मधुमेह परीक्षणसहति सेवाग्राहीहरुको स्वास्थ्य परीक्षण गरिएको कार्यक्रम संयोजक तथा क्लबका संस्थापक सदस्य मान बहादुर श्रेष्ठले बताए । शिविरमा २ सय ५० जनाको स्वाथ्य परिक्षण गरिएको क्लबले जनाएको छ ।
क्लबका अध्यक्ष अन्जील मिया खानका अनुसार क्लबले स्वास्थ्य परीक्षणसहित निःशुल्क औषधी समेत वितरण गरेको हो । शिविरमा फिजिसियन चिकित्सक डा. नियम खानसहित विभिन्न प्राविधिक समूह र स्टार्फ नर्ससहित प्रयोगशालाका प्राविधिकहरुले सेवाग्राहीहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।
संस्थाका संस्थापक सदस्य मान बहादुर श्रेष्ठले आमा स्व. भीम कुमारी श्रेष्ठको स्मृतिमा उपकरण सहयोग गरेका हुन । कार्यक्रममा गैडहवा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवट, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरे, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक एजुकेटिभ चिफ अर्जुनमान सैजु, डिष्ट्रिक को–चिफ एड्भाईजर पुरुषोत्तम प्रधानांङ्ग, डिष्ट्रिक डेपुटी चिफ सन्दीप कसौधन, गैडहवा गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष टेक बहादुर बलाल, एओजी आशिषकृष्ण श्रेष्ठ, रिजन चियरपर्सन एम.एल. पाण्डे, समाजसेवी विष्णु पोखरेल, स्व. भिमकुमारी श्रैष्ठका श्रीमान् तिल कुमार श्रेष्ठ लगायतले आ–आफ्ना धारणा राखेका थिए । क्लबका सचिव राजन जिसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments