एमालेको प्रदेश अधिवेशन २० दिन पर स¥यो

काठमाडौं, २० पुस ।
नेकपा एमालेको प्रदेश अधिवेशन सरेको छ । यही माघ ८ गतेका तोकिएका सबै प्रदेशको अधिवेशन माघ २८ र २९ गतेका लागि सारिएको नेकपा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
गत शुक्रबार ६१ जिल्लाको अधिवेशन सकेको थियो भने १६ जिल्लाको अधिवेशन पनि बाँकी छ । कोरोना संक्रमणको ग्राफ पुनःउकालो लाग्न थालेपछि सरकारले कुनै पनि सभा÷सम्मेलन नगर्न आग्रह गरेको छ । सरकारी मापदण्ड तथा कोरोना जोखिमलाई दृष्टिगत गर्दै अधिवेशन सारिएको एमालेले जनाएको छ ।

Facebook Comments