सवारी चालक र सहचालकलाई नि:शुल्क स्वास्थ परिक्षण

नवीन रसाइली
२० पुस, अर्घाखाँची । सवारी चालक र सहचालकको नि:शुल्क स्वास्थ परिक्षण गरिएको छ । मंगलबार अर्घाखाँचीको सन्धिखर्कमा सवारी चालक र सहचालकको नि:शुल्क स्वास्थ परिक्षण गरिएको हो ।

सवारी दुर्घटना न्युनिकरणका लागि नि:शुल्क स्वास्थ परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले बताए । उनलेे मानवीय कारण हुने सवारी दुर्घटना न्युनिकरणका लागि स्वास्थ परिक्षण गरेको बताए । यस्तै स्वास्थ परिक्षण गरिएका १४१ जना मध्ये १२ जनामा स्वास्थ समस्या देखिएको बताए । स्वास्थ समस्या देखिएका मध्ये ७ जनामा प्रेसर र ५ जनामा आँखाको समस्या देखिएको उनलेे बताए ।

स्वास्थ परिक्षण कार्यक्रमलाई निरन्तरता दिने जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रविन आचार्यले बताए । आचार्यले दुर्घटना न्यूनिकरण सम्बन्धि जिल्ला भर १४६ वटा प्रशिक्षण कार्यक्रम गर्दा ६९०१ जना लाभान्वित भएको बताए ।

कार्यक्रम जिल्ला प्रहरी कार्यलय र ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीको आयोजना, अर्घाखाँची जिल्ला अस्पताल र आँखा अस्पताल सन्धिखर्कको सहयोगमा सम्पन्न भएको हो ।

Facebook Comments