कविता: हाकिम
श्रवणकुमार ढुंगाना
ईमान मरेको, धर्म मरेको नामले चैं आफूलाई सेवक चिनाउने के तिमी हाकिम हौ?
बागडोर हातमा धर्म जोगाउने, ब्यवहारमा तस्कर, अपराधी बोक्ने के तिमी हाकिम हौ?
पैसाका लागि सेफ्टिटैंकी चाट्ने, धाक रवाफ श्री ३ को आँक्ने के तिमी हाकिम हौ?
छल कपट गर्न त्रिलोक जान्ने, सुकाम गर्न केही नजान्ने के तिमी हाकिम हौ?
मुजरा चलाउने, देउसी खेलाउने, कार्यालय पनि बेश्यालय बनाउने के तिमी हाकिम हौ?
लाजै गुमायौ, साह्रै गन्हायौ, खै हाकिम को गरिमा धूलो चटाउने के तिमी हाकिम हौ?
Facebook Comments