आमा

रीता क्षेत्री
मेरो के गल्ती भो आज किन टुहुरो बनायौ आमा
छोडेर जाने भए आखिर किन जन्मायौं आमा

रहर लाग्ने संगिनीको देखेर व्यथा पोख्ने थलो आमा
ढुंगामा ठेस लाग्दा बिरानो भो…भन्न पनि एैया आमा

छाडी गयौ अखिर छोरा बनी तिम्रो लठ्ठी बन्थे नी आमा
तीम्रो हर पीडालाई मैले आत्मसात गर्थे नी आमा

आकाशको गर्जनमा शरीर कापी मन डराउँथ्यो आमा
भक्कानो छुट्थ्यो अंकमाल गर्छु भन्दा तिमी थिएनौ आमा

न्यानो काखको र सुम्सुमाउने हातको म अपरिचित भए आमा
कति पीडा हुन्छ मनमा अत्यास लाग्छ के गरु आमा

बालापन बिते यसै गरी अन्योलमा म परे आमा
किशोरावस्थामा कति कुरा भन्नूपर्ने थिए तिमीलाई आमा

तर साथ पाइन मनका कुरा मनैमा लड्दै समालिदै आफै गरे आमा
अर्धकिशोर भइयो अब त कसको के आशा भो आमा

रमाउने र खुशी हुने आफ्नै परिवारमा सिखे मैले आमा
अब त धेरै बिरानो लाग्छ त्यो शब्द जस्लाई सबैले भन्छ्न ‘आमा’

Facebook Comments