उर्वशी !

– विजय सागर

एउटा विशाल रङ्गमञ्चमा
नृत्य गर्दैैै थिइन् उर्वशी !
यौवनले ढकमक्क फुलेकी उर्वशी !
चुमुचुमु लाग्ने लाली गुराँस जस्तै थिइन् उर्वर्शी !
उनका नयन वाण ! उन्नत उरोजका छचल्काई
मसिनो कम्मर र पुष्ट नितम्बका लचकाईले
आहत ! आहत ! भएका थिए देवगण !
विष्णु ! शिव ! सूर्य !
तेंतीस कोटी देवता !
मस्त थिए उर्वशीको नृत्यमा !
नृत्य उत्सवका नायक – वीर अर्जुन !
हेर्दै चित्त हर्ने अर्जुन !
उर्वशीको हृदयमा पसेका थिए ।
एक टक्क हेर्दै थिए उर्वशीलाई अर्जुन !
अनि कता कता हराएका थिए कता कता अर्जुन !
सिंह पुरुष अर्जुन प्रति
उर्वशी ! नृत्य भित्रै परिकल्पनामा मस्त थिइन्
कल्पनामा उनले अर्जुनको चुम्मा खाइन्
अङ्गालोमा बाँधिन् र मीठो रातको कल्पनामा चुर्लुम्म डुविन् !
पसिना पसिना भइन् उर्वशी !
आपैंm लाजले भुतुक्क भइन् उर्वशी !
सङ्गीतले विश्राम लियो
उर्वशीको नृत्य समापन भयो ।
तालीको गड्गडाहट साथ
तेंतीस कोटी देवताहरूले उर्वशीको सम्मान गरे !
नृत्याङ्गना उर्वशीको जय ! जयकार ! गरे
वीर अर्जुन पनि उठे !
लज्याउँदै, मुस्कुराउँदै खुम्चेकी थिइन् उर्वशी !
वीर अर्जुन उर्वशीको नगिच पुगे
झुकेर अभिवादन गरे
दुवै हात जोडेर विन्ती गरे
हजुरको अपूर्व नृत्यकला प्रति म नतमस्तक छु !
उर्वशी खुशीले गद्गद् भइन् ।
यसै समय
देवराज इन्द्रले पाहुनागण सबैलाई
भोजन कक्षमा आमन्त्रण गरे ।
ड्ड

पूर्णिमाको रात !
जताततै उज्यालो
अर्जुन निदाउन निदाउन लागेकै थिए
कोठामा अर्को उज्यालो थपियो
अर्जुनले आँखा खोले
अपूर्व सुन्दरी उर्वशी !
सोह्र श्रृङ्गारमा
कौमार्य सुगन्ध छर्दै
पायलका मीठा छम्छम् सङ्गीतका साथ
उनको सयन कक्षमा सप्तरङ्गी उज्यालो छरेर
प्रवेश गरी रहेकी थिइन् ।
वीर अर्जुन उर्वशीको सम्मानमा जुरूक्क उठे !
दुवै हात जोडेर उर्वशीलाई अभिवादन गरे !
अर्जुनको सामिप्य पुगेपछि
लज्याउँदै, मुस्कुराउँदै उर्वशीले मनको कुरा खोलिन्
हे ! पूर्णपुरुष अर्जुन !
आजको यो जुनेली रात !
म हजुरको अंकसायनी हुन आएकी
मलाई तृप्त गर्नु होस् !
अर्जुन एक पाइला पछाडि सरे
र दुवै हात जोडेर विन्ती गरे
के मर्जी भयो हजुरले यस्तो !
आज हजुरको अनुपम नृत्यमा
म यसरी विलाएँ
जसरी एउटा चकचके बालक आमाको लोरीमा विलाउँछ !
हजुरको स्नेहीलो नजरमा म यसरी हराएँ
जसरी एउटी आमाको मायामा बालक हराँउछ !
हे ! अपूर्व सुन्दरी उर्वशी !
नृत्यमा हजुरको म प्रतिको नजर
मेरी माता कुन्तीको जस्तै पाएँ !
हजुरको मनोहारी नृत्यले
मैले युद्धको पीडा विर्सें !
मलाई दैत्यहरुले पु¥याएका चोटहरू पनि विर्सें !
सामिप्य रहेकी उर्वशी !
विचलित भइन्
उनको अङ्ग अङ्गमा उम्रेका
कामतृष्णाहरू – उनको व्यङ्ग्य गर्न थाले !
तर पनि दुवै कर जोडेर
उर्वशीले याचना गरिन्
हे वीर अर्जुन !
आज म तिम्री भोग्या हुन चाहान्छु !
मेरो कामना पूर्ण गर !
उर्वशीको सामु झुकेका थिए नै अर्जुन !
अभैm झुकेर दुई हात जोडे
म फेरि पनि निवेदन गर्छु
हे ! त्रिभुवन सुन्दरी उर्वशी !
हजुर त अपार मायाकी खानी
मेरी माता कुन्ती जस्तै हुनु हुन्छ
त्यसैले त ! हजुरका नृत्यका
प्रत्येक चालहरूमा मैले आपूmलाई जिज्ञासु बालक पाएँ !
माते ! उर्वशी !
म बालकलाई क्षमा गर्नुहोस् !
म बालकलाई क्षमा गर्नुहोस् !
कामपीडाले विह्वल भएकी उर्वशी !
थरथर काँपिन, पसिना, पसिना भइन्
र, सानो तर कडा शब्दमा भनीन्
तिमी पुरूषहरू ! नारीको चाहनाको अपहेलना गर्दै
कहिले माते ! सम्बोधन गर्छौं !
कहिले नगरनायिका !
हे अर्जुन !
तिमी छलि रहेछौं !
म यसरी अपहेलित कहिल्यै भएकी थिइन्
म नारी प्रतिको तिम्रो अपमान सहन सक्दिन !
म तिमीलाई श्राप दिन्छु
एक वर्षको निम्ति नपुंसक बन्न परोस तिमी !
वीर अर्जुन
उर्वशीको पाउँ पर्दै
हाँसी हाँसी भने
माते ! उर्वशी !
हजुरको यो मायाको उपहार
मलाई सहर्ष स्वीकार छ
म बृहन्नला अर्जुन !

Facebook Comments