नागरिकले बिनाझन्झट सेवाप्राप्तगरिरहनुभएको छ

लुम्बिनीप्रदेशको प्यूठान जिल्लामा रहेको मल्लरानीगाउँपालिका साविककाचुजा,धरमपानी, रस्पुरकोटका वडा नम्बर ६,७,८ र ९,प्यूठान नगरपालिकाका वडा नंम्बर १,२,३, ५ र १८ मिलेर बनेको छ । यो गाउँपालिकाको पुर्वमाअर्घाखाँचीको भुमिकास्थाननगरपालिका, मालारानीगाउँपालिका, दक्षिणमा प्यूठान नगरपालिका र एरावतीगाउँपालिकाभने पश्चिममा प्यूठान नगरपालिका र उत्तर झिमरुकगाउँपालिका पर्दछ । प्यूठानको ऐरावती–६ वास्डाँडामा जन्मेकाबालकृष्ण थापाअहिले मल्लरानीगाउँपालिकाको प्रमुखप्रशासकीयअधिकृतको रुपमाकार्यरत छन् । प्रस्तुत छ मल्लरानीगाउँपालिकाको समग्र विकास निर्माण र पालिकाको अवस्थाको विषयमाथापासंग गरिएको कुराकानीको सम्पादितअशं ः
तपाई सरकारी कर्मचारीको क्षेत्रमाप्रवेश गर्नुभएको कतिभयो ?
म वि.संं २०७२ पुस महिनामानायव सुब्बाबाट निजामती सेवामा सेवाप्रवेश गरेको र खुलाप्रतिष्पर्धाबाट २०७२मंसिर २५ गते शाखाअधिकृत भएको हुँ । मनायब सुब्बाहुँदानिर्वाचनआयोग कान्तिपथमा १ वर्ष ११ महिना २२ दिनकाम गरे । त्यसपछिशाखाअधिकृत भएपश्चात मेरो पोस्टिङ श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयमाभयो । सरकारले सातै प्रदेशबाट श्रम स्वीकृत शुभारम्भ गर्ने भएपछि मकरिब ६ महिनाजतिश्रम तथा रोजगार कार्यालय बुटवलमा आइ सो सेवाशुभारम्भ गरे । त्यसपछिपुनःश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयमाप्रशासनशाखामा रहीकाम गरे । २०७६ फागुन १३ गतेदेखि हालसम्ममल्लरानीगाउँपालिकाको प्रमुखप्रशासकीयअधिकृतका रुपमाकामगरिरहेको छु ।
कामगर्न अन्यनिकायमाभन्दा स्थानीयतहमाकत्तिको सजिलो वा कठिनाई छ ?
अवश्यपनिअन्यनिकायहरुमाभन्दा स्थानीयतहमाकामगर्न तुलनात्मक रुपमा फरक छ किनभने अन्यनिकायमातोकिएकोआफ्नो क्षेत्रको मात्रै कामगर्दा हुन्छ तर स्थानीयतहका धेरै क्षेत्रहरुमा एकैपटक जिम्मेवारीबहनगर्नुपर्ने हुन्छ । अझभन्दा स्थानीयतहको क्षेत्र व्यापक छ । काम त हरेक ठाउँमा आ–आफ्नो महत्व हुन्छ सजिलो कठिनाइ हरेकका हुन्छन् । स्थानीयतहको क्षेत्र बृहत छ, सबै क्षेत्रको जिम्मेवारी बहनगर्दा सहज छैन ।
यस पालिकाले सरल अनुभवी र दक्षयुवाकार्यालय प्रमुखपाइरहँदायुवाहरुको व्यक्तित्व र नेतृत्वको विकासमा टेवापुग्ने के के कार्यक्रमलिएको छ ?
खास गरी स्थानीयतहलाई प्राप्तहुने बजेट सीमित रहने गर्दछ तर सीमित स्रोतकाबाबजुतपनिहामीहरुले सबै क्षेत्रलाई समेटेर कार्यक्रम तय गरेका छौ । युवाहरुलाई समेट्ने गरी हामीहरुले युवाविकासकालागिनीति संवादकार्यक्रम, विषयगतशाखाहरु जस्तै कृषि, पशु, शिक्षा, स्वास्थ्यबाट कार्यक्रमहरु तय गरेका छौं ।
स्थानीयतह सञ्चालनकाक्रममाप्रदेश र संघीय सरकारसँग हुने सहकार्य र सहयोग कस्तो पाउनुभयो ?
संघीय शासन प्रणाली नेपालले अवलम्बन गरेपछि संघ, प्रदेश र स्थानीयतहआ–आफ्नो अधिकार क्षेत्रमा रहीकार्य गरिरहेका छन् र हामीले अवलम्वन गरेको मोडेल सहकारिताआधारित संघीय शासन प्रणाली हो । हाम्रातीनतहका सरकारबीच सहकार्य र सहयोग त भएकै छन् । तर जुन रुपमा सहकार्य हुनुपर्दथ्यो ।अलिकम सहकार्यभएको हो की जस्तो मलाई लाग्छ । प्रदेश र स्थानीयतहलाई आवश्यक पर्ने कानूनकर्मचारी राजस्व बाँडफाँडबाट प्राप्त रकमलगायतकाविषयहरु जुनतीव्र गतिमाहुनुपर्दथ्यो त्यो हुन सकेन । कतिपयकानूनकाअभावमा स्थानीयतहकाअझै काम सुरु हुन सकेका छैनन् । कर्मचारी अभाव छ । कर्मचारीकालागिचाहिने कानुन र सोको मूलकानून संघीय निजामती ऐन आजसम्मबनेको छैन । तोकिएको समयभित्र र तोकिएको राजस्वप्राप्तहुन सक्दैन । अहिलेको अवस्थामाकोरोनाकाकारण सबै ठप्प भए, कामहुनपाएनन् । लगाएका ठेक्काको म्यादथप्नु भनेर निर्णय आयो तर आर्थिक वर्ष समाप्त भएपछि सो ठेक्काकालागिप्राप्तभएको रकमफिर्ता भयो । पछित्यसको व्यवस्थाभएन।
स्थानीयतहले पाएको अधिकारलाई उपयोग गर्दै नागरिकलाई सेवादिनकत्तिको सफलहुनुभयो ?
हामीपाएको अधिकारभित्र रहेर अधिकतमभन्दाअधिकतम रुपमानागरिकलाई सेवाप्रदान गरेका छौं । नागरिकले पाउनुपर्ने सेवाबिना झन्झट सेवाप्राप्तगरिरहनुभएको छ ।
धेरै स्थानीयतहमाअझै पनिकानूनहरू नबनेको अवस्था छ, मल्लरानीगाउँपालिकाकानून र कार्यविधिनिर्माणका कुराहरू के के भइरहेका छन्?
हो सरकार सञ्चालनगर्नकालागिकानूनअत्यावश्यक रहने गर्दछ । हामीकहाँहामीलाई चाहिने पर्याप्तकानूनबनाएका छौं । स्थानीय सरकारका रुपमामल्लरानीगाउँपालिका स्थापनाभएपश्चातकरिब ६५ वटा कानूननिर्माण भएका छन् । गतवर्ष हामीले ३३ वटा कानून ऐन नियमावलीकार्यविधिनिर्देशिकानिर्माण गरी कार्यान्वयन गरेका छौं । हामीलाई आवश्यकपर्दाविधायन समितिमा छलफल गरी गाउँसभा र गाउँकार्यपालिकाले ऐन कानूनतयार गरी कामलाइ सहज बनाउँछौ।
कोरोनाकहरकानागरिक आम्दानीबिहीनबनिरहेका छन्, बेरोजगारीको समस्या बढेको छ नागरिकलाई आफै केहीगर्ने बनाउनपालिकाले त्यस्ताकाम केही गरेको छ ?
कोरोनाले विश्वलाई नै आक्रान्तपारेको अवस्थामामल्लरानीगाउँपालिका अछुतो रहने कुरा भएन । हामीलाइपनिअसहजबनाएको अवस्था छ जनतालाई समस्या परेको छ । हामीले नागरिकलाई रोजगार वा केहीगर्नकालागि केहीकार्यक्रमल्याइकार्यान्वयनको चरणमा छांै । जस्तै व्यवसायिकबाख्रापालक कृषकलाईलागतसाझेदारीमाबाख्रापालनकार्यक्रमल्याएका छौं । जसमात्यस्ता कृषकलाइ घाँसको बीउवितरण, मिनरल ब्लकवितरण, व्यवसायिक बगुंर पालक कृषकलाई साझेदारीमाअनुदान, युवालक्षित तरकारी खेतीकार्यक्रम, व्यवसायिक कृषकहरुलाई तरकारी सिडकिट उन्नत वर्णसंकर बीउवितरण, सानातथामझौला कृषकको आयआर्जनकालागिकन्ये च्याउको बीउवितरण, लागत साझेदारीमाउन्नतजातको धानगहुँको वीउवितरण,अगुवा तरकारी व्यवसायउन्मुख कृषकलाई कृषितालिम टनेल वितरण प्याजको बीउवितरण, विभिन्नसिँचाइकुलानिर्माण र मर्मत जसले उत्पादन र उत्पादकत्व वृदिमा टेवा पुग्दछ, माछापालनको लागिप्रोत्साहनआदि।
शिक्षा, स्वास्थ्यमाभन्दाभौतिकपूर्वाधार निर्माणमै ध्यानबढी भएको भन्ने स्थानीयबाट गुनासाहरू आइरहेका छन् नि?
हजुर त्यस्तागुनासाआइरहेका छन् तर हामीले सबै क्षेत्रलाई उत्तिकै महत्वदिएका छौं । तर तपाईले भने जस्तै निर्माणका काम अरुभन्दा बढी भएका छन् । तर निर्माणका कामपनि त गर्नैप¥यो । जस्तै आवागमन सुचारु गर्ने, बाटाघाटा निर्माण गर्नेप¥यो, पिउने पानीकालागिखानेपानीविस्तार गर्नैप¥यो । तर पनिहामीले शिक्षामा ठूलै लगानी गरेका छौं । यस गाउँपालिकाभरी ४० जनाशिक्षकको व्यवस्था गरेका छांै । स्वास्थ्यलाईपनिप्राथमिकताको क्षेत्रमा राख्दैकाम गरेका छौं ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
स्थानीयतहले जनताको नजिकमा रहेर जनतालाइ सेवाप्रवाहगर्ने गरेको छ । स्थानीय सरकार नहुँदो त कोरोनाका समयमा के हुन्थ्यो?जनताको सुखदुःखसंगै काम गरेको छ । भर्खर अभ्यासगर्दै छ केहीकमीकमजोरी हुन सक्छन् ।त्यस्ताकमीकमजोरीलाई सच्चाएर थपअधिकारसम्पन्न गरी स्थानीयतहलाईबलियो बनाउनुपर्छ ।

Facebook Comments