आजको आवश्यकता अस्पतालको स्थापना: मुख्यमन्त्री केसी

मोनु शर्मा
नवलपरासी, १ पौष ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ४ लोहरौलीमा रहेको पाल्हीनन्दन अस्पतालको नयाँ भवन बुधबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । अस्पतालको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले तराईका जनताले सीमाको रक्षा गरिरहेको बताए । उनले मधेशी जनताको नागरिकताको समस्या छिटो भन्दा छिटो समाधानका लागि आफूले पनि संघीय सरकारसँग कुरा राख्ने प्रतिवद्धता व्यक्त गरे । स्वास्थ्य र शिक्षालाई मूल समस्याको रुपमा लिएर आफू सधैं अगाडि बढ्ने उनले बताए ।

पाल्हिनन्दनमा १५ शैयाको अस्पताल निर्माण भएको आफुहरुलाई सहज तरिकाले सेवा लिने वातावरण पनि उपलब्ध भएको स्थानीय बताउँछन् । अहिले अस्पतालमा २५ जना स्वास्थ्यकर्मी कार्यरत रहेको अस्पतालका निमित्त प्रमुख महेश्वर गुप्ताले जानकारी दिए । पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक)को पहलमा १५ शैयाको अस्पताल प्रदेश सरकारको बजेटबाट निर्माण गरिएको निमित्त प्रमुख गुप्ताले बताए ।

उक्त अस्पताल ६ करोड ४६ लाख प्रदेश सरकारको बजेटमा निर्माण भएको हो । पाल्हीनन्दन अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक)को अध्यक्षता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल बहादुर केसीको प्रमुख आतिथ्यता तथा प्रदेश सरकारका उधोग तथा आपूर्ति मन्त्री अजय शाहीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, पूर्व स्थानीय विकास राज्यमन्त्री घनश्याम यादव, प्रदेश स्वास्थ्य मन्त्रालयका निर्देशक विनोद गुप्ता, जसपा नवलपरासीका अध्यक्ष धरेन्द्र यादव, लोसपा नवलपरासीका अध्यक्ष मुकुर्जी गिरी लगायतले बोलेका थिए ।

गाउँपालिकाका लेखा अधिकृत सञ्जय शर्माको सञ्चालनमा सम्पन्न कार्य
क्रममा पृथ्वी चन्द्र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नुरुल होदा, नवलपरासीका प्रमुख जिल्ला अधिकारी नवलपरासीका धर्मेन्द्र कुमार मिश्र, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार यादव, सशस्त्र प्रहरी गण नं. २६ नवलपरासीका सशस्त्र प्रहरी उपरीक्षक महेश अधिकारी, पाल्हीनन्दन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम लगायतको उपस्थिति रहेको उपस्थिति रहेको थियो ।

Facebook Comments