नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) को १० औँ महाधिवेशनको सन्देश

विश्वराज बराल (अनुप)
देशको प्रमुख राजनीतिक दल नेकपा (एमाले) को १० औं महाधिवेशन यही मंसिर १० देख १४ गतेसम्ममा चितवनमा सम्पन्न भएको छ । नेकपा एमालेको १० औँ महाधिवेशनको सहभागिको हिसाबले जे देखियो, जे बुझियो, जे सुनियो यस्तै विषय र सवालमा यआ केही चर्चा गर्न लेखिएको छ । पूर्व माओवादी पार्टीको विभिन्न समयका धेरै ठुला केन्द्रिकरणमा सहभागि भएर आएको मेरो लागि यो अधिवेशन नयाँ नै थियो । नेकपाको निरन्तरताको अभिभारा पनि यो पार्टीमा संगठनात्मक हिसाबले एमालेको ठुलो हिस्सा छ, भने पूर्व माओवादीको सानो हिस्सा तसर्थ पनि मेरो लागि यो महाधिवेशन नयाँ हुने नै भयो । अधिवेशनको उद्घाटन सत्रको तयारीदेखि बन्दसत्रको मतदानसम्म प्रत्यक्ष सहभागी भईयो । बाहिरिएका विभिन्न कुरा सुनियो । मेरो वास्तविक अध्यनमा विचार संगठन र व्यवहारको हिसाबले यो अधिवेशन कस्तो रहयो भनने सवालमा यहाँ राख्नेछु ।
उद्घाटन सत्र
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जनमनको हिसाबले ठुलो हुँदाहुँदै पनि विभिन्न षडयन्त्रको कारण यतिबेला यो पार्टी सत्ता पक्षबाट प्रतिपक्षमा आइपुगेको छ । यी षडयन्त्रलाई परास्त गर्ने मुख्य शक्ति जनता हुन अर्थात पहिलो शक्ति जनता हुन भन्ने बुझाईका साथ र जनतालाई सही कुरा बुझेपछि ती सबैखाले षडयन्त्रलाई पराजित गर्न सकिन्छ भन्ने बुझाईका साथ पनि पार्टी केन्द्रले देशभरका पार्टी सदस्यको मुल हिस्सा उद्घाटन सत्रमा सहभागि गराउने निर्देशन गरेको थियो । यसको लागि पहिलो चुनौति थियो यसको व्यवस्थापन यसको लागि पार्टी केन्द्रले हरेक पार्टी सदस्यसंग रु. १ सय उठाउने कुरा ग¥यो भने स्थानी कमिटीले प्रतिव्यक्ति ५००÷१००० संकलन गर्ने कुरा गरेका थिए । यसकोविपरीत म बन्दसत्रमा रहँदा बाहिरिएका विपक्षीहरुको टिप्पणी सुनिरहेको थिए, पैसा पार्टीसंग जति थियो भ्रष्टाचार गरेका थिए त के भयो जनता उतार्न भन्ने कुरा गरिरहेका थिए । यति मात्र होइन उद्घाटन सत्रको दिन एकातिर चितवनको सौरहादेखि नवलपुरको गैडाकोटसम्म जनसागर थियो भने कतिपय विपक्षीहरुले ५०÷६० हजार जनता भन्दै थिए । नेकपा एमालेले ज.ब.ज ज.ब.ज भनेको सुनेको थिए । साँच्चै जसरी पार्टी पंक्तिकै तयारीमा र सहभागितामा जसरी यो अधिवेशनमा जनता र पार्टीलाई अधिवेशनमा उतारियो र एमाले अध्यक्ष केपी ओलीले जसरी जनता र कार्यकर्तालाई केन्द्रमा राखेर सम्मार गरेर सम्बोधन गर्नुभयो साँच्चै यो पार्टी जनआधारित पार्टी हो भन्ने मेरो बुझाइ भयो । म तिलोत्तमा नगरपालिका–१४ को बासिन्दा यस वडाको शाखा पार्टीले म र मेरो जीवन साथीसंग गरेर रु. २ हजार संकलन ग¥यो भने शाखा अध्यक्षले आर्थिक अवस्था अनुसार हरेक पार्टी सदस्यसंग ५ सयदेखि ५ हजारसम्म संकलन गर्नुभयो । त्यो पैसा बाटा ३ वटा ठुला बसका सहभागिलाई मासु पनिर सहितको खानाको समेत तयारी गर्नुभयो ।
माक्र्सदेखि माओ र मदन भण्डारीले समेत विचार राजनीति र व्यवहारमा जनताबाट लिएर जनतालाई दिने कुरा पटकपटक गर्नुभएको थियो । यो पार्टीमा यसको उचित संयोजन भएको देखियो । हरेक पार्टी सदस्यले अनिवार्य रुपमा लेबी र नविकरण शुल्क तिरेर सदस्यता नविकरण गरेको देखियो । त्यो रकम केन्द्रदेखि स्थानीय तहसम्म उचित बिनियोजन भएको गरेको पाइयो । अधिवेशन अगाडि ८ लाख ५० हजार पार्टी सदस्यले न्यूनतम ४५५ रुपैयाँ बुझाएर सदस्यता नविकरण गर्नुभएको थियो । यसबाट ठुलो रकम जम्मा भयो । हरेक जनप्रतिनिधिले अनिवार्य रुपमा तलब सुविधाको १० प्रतिशत पार्टीमा बुझाउने प्रचलन स्थापित छ । यसबाट देखियो भोगियो यो पार्टीले आफ्नो कार्यक्रमको लागि कुनै दलाल तथा नोकरशाहसंग चन्दा लिनुपर्ने देखिएन । उद्घाटन सत्रमा त्यत्रो मानव सागर भएर पनि त्यो सागर अराजक थिएन, उदण्ड थिएन, अत्यन्त अनुशासित रुपमा त्यो मानवसागर संयमतापूर्वक कार्यक्रममा सहभागि भयो ।
नारायणगढबाट बुटवल पुग्न १२ घण्टा लाग्यो तर जनमानस अनुशासितपूर्वक सहभागी भएर फर्कियो । यो पंक्ति केपि ओलीको नेतृत्वमा मर्न तयार देखियो ।
उद्घाटन सत्रमा साउण्ड सिस्टममा त्रुटी देखियो । अरु सक्ने जति चुस्त व्यवस्थापन देखिन्थ्यो । उद्घाटन सत्रमा दुई सन्देश देखियो एउटा एमालेसंग जनता छ, अर्को एमाले पार्टी जनआधारित र अनुशासित पार्टी हो भन्ने कुरा पनि देखियो । यति मात्र होइन यो पार्टी आत्मनिर्भर छ भन्ने पनि देखियो । पार्टी केन्द्रले चन्दा नमाग्ने निर्देशन गरेको थियो यसलाई पार्टी पंक्तिले पूरै मानेर सदस्यहरुबाटै आर्थिक संकलन गरेर कार्यक्रममा सहभागी भयो । यसले पार्टीप्रतिको स्वामीत्व बढ्यो र पार्टी थप बलियो भएको देखियो । लोकतन्त्र, जनवाद, प्रजातन्त्र भनेको जनतालाई केन्द्रमा राख्ने भन्ने कुरा हो । यो भोटिङ्ग मात्र होइन भोटिङ्ग एउटा रुपको मुल कुरा लोकतन्त्र जनवाद भनेको जनताको प्रत्यक्ष सहभागिता र अनुमोदनद्वारा काम गर्ने कुरा हो । यो सवालमा एमालेको १० औं अधिवेशन पूर्णतः सफ बनेको छ र यस पार्टीलाई थप मजबुत बनाएको छ ।
बन्दशत्र
नेकपा एमालेको विधान अधिवेशन पहिला नै सम्पन्न भएको थियो । यसले आफ्नो आगामी ५ वर्षे नीति, विधि पास गरिसकेको थियो । त्यो पनि पार्टीका करिब ७ हजार प्रतिनिधिको प्रत्यक्ष सहभागितामा भव्य रुपमा यसमा जुन हिसाबले जनवाद लोकतन्त्रको प्रयोग भयो । त्यो अत्यन्त उच्च थियो । तसर्थ यो १० औँ अधिवेशनको मुख्य कार्यभार सांगठनिक नेतृत्व छनौट गर्नु थियो । संगठनात्मक हिसाबले एमालेको यो अधिवेशनले पार्टी भित्रका विभिन्न प्रवृत्ति भए तापनि मुलतः ३ वटा एमालेभित्रको केपी ओली नेतृत्वको एउटा मुल प्रकृति अर्को पूर्व माओवादीको प्रवृत्ति । यी तिनै पंत्तिः प्रवृत्तिको उचित संयोजनको आवश्यकतालाई ध्यानमा राख्दै यो अधिवेशनले विधानलाई केही सम्बोधन गरेको छ । नेतृत्वको टिमले पार्टीभित्रको सबै जाति, सबै क्षेत्र, सबै भुगोल, सबै प्रवृत्तिलाई सम्माजनक संयोजन र नेतृत्वको छनौटको लागि ११, १२, १३ तीन दिन लामो र सघन छलफल ग¥यो । तोकिएको समय सीमाभित्र कार्यक्रम भएन तर पनि २ हजार २ सय जति प्रतिनिधि र त्यही संख्या हाराहारीको अरु बाहिर रहेका दर्शक शुभचिन्तकले कुनै प्रकारको अराजकता देखाएनन् । एक जना राष्ट्र सेवक प्रहरी भन्दै थिए अरु पार्टीको अधिवेशन भए त्यहाँ कति लफडा हुने थियो, कति बियरका बोत्तल कतिका टाउको फुट्ने थिए तर यहाँ केही छैन ।
अत्यन्त शान्त छ यस्तो पो पार्टी । चितवनको सौराह एउटा अन्तर्राष्ट्रिय पर्यटकीय स्थल जुन रातभर जाग्यो तर कुनै तनाव महसुस गरेन । मलाई त्यो बन्दसत्र कार्यक्रममा रहँदा आएका ४ वटा फोन विशेष स्मरणीय थिए । एउटा फोन मेरो ८२ वर्षिय बुवाको थियो उहाँ भन्दै हुनुहन्थ्यो बाबु त्यहाँ त गोली चल्यो रे ख्याल गर है के हो ? अर्को फोन थियो सर भीम रावलत अपहरणमा परेको हो र अर्को फोन थियो ज्यान जोगाउनु है, अर्को फोन १४ गतेको थियो त्यो पनि गोली चल्यो रे के हो ? गोली त के त्यस अधिवेशनमा कुनै धकेलाधकेल चर्काचर्की भएन प्रतिनिधिहरु दिनभर रातभर नेतृत्वलाई कुरे तर कुनै आवेश त्यहाँ देखिएन । कमरेड भीम रावल लगायत केही कमरेड लोकतन्त्र भनेको मात्र मतदान नेतृत्व छनौटको लागि मतदान गर्नुपर्दछ भन्नुहुन्थ्यो भने हामी ९५ प्रतिशत मतदाताहरु लोकतन्त्र भनेको जनताको कार्यकर्ताको राजीखुसी साथ सहभागिता र समर्थन हो भनिरहेका थियौं ।
फरक यति थियो जतिबेला भीम रावल अपहरणमा पर्नुभयो रे भन्ने फोन आउँदा भीम रावल र ईश्वर पोखरेल प्रतिनिधिहरुसंग हलमा फोटो खिचाउँदै हुनुहुन्थ्यो ।
लोकतन्त्र र जनवादलाई बुझ्न दुईतिरका छन् । एउटा अराजक र स्वच्छन्द खाले तरिका अर्को, अनुशासित र वैज्ञानिक तरिका । वास्तविक लोकतन्त्र त्यो हो, जहाँ सचेत मान्छेहरुले स्वविवेक प्रयोग गरेर कुनै प्रलोभन र दवावरहित वातावरणमा खुसी साथ ताली पिटेर आफ्नो नेता प्रतिनिधि छनौट गरुन त्यो हो । जनवाद अर्थात लोकतन्त्र दवाव, प्रभाव र प्रलोभनमा पारेर बन्द कोठामा लुकेर हुने मतदान कसरी जनवाद र लोकतन्त्र हुन्छ ? बन्द सत्रको २ हजार २ सय प्रतिनिधिको स्वविवेकपूर्ण र खुसीराजी समर्थनको कारण बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्षले पार्टीभित्रका सबै क्षेत्रका र सबै प्रवृत्ति समेटेर हुलमा एउटा प्रस्ताव पेश गर्नुभएको थियो । त्यो प्रस्तावलाई हलले खुसीराजीले गडगडाहट तालीले समर्थन गरेको थियो तर कमरेड भीम रावल लगायत २÷५ प्रतिशत कमरेडहरुले अस्वीकार गर्नुभयो । त्यही २÷५ प्रतिशतको मतको समेत सम्मान गरेर नेतृत्व र प्रतिनिधिले मतदान स्वीकार गरे यो भन्दा ठुलो लोकतन्त्र जनवाद के हुन सक्छ ? केही बौद्धिक अराजकतावादीहरु र विरोधीहरुले एमालेभित्र केपी ओलीको शासन छ । निरंकुशता छ भन्ने गर्दछन् । यो भन्दा वकवास तर्क केही हुन सक्दैन । जुन पार्टीको अधिवेशनको हलमा हरेक प्रतिनिधिले स्वतन्त्रतापूर्वक बोल्न र आफ्नो मत राख्न र आवश्यकता ठानेर माग गरे आफू र आफ्नो मत उपर मत माग्न मतदान गराउन पाउँछ भने त्यहाँ कसरी निरंकुशता हुन्छ यो तर्क कुन सारमा एमाले विरोधी तर्कबाहेक केही होइन ।
जुन पार्टी राष्ट्रियता र जनवादको आधारमा खडा भएको जनआधारित जनअनुमोदन पार्टी हो । जुन पार्टीमा हिजो केपी ओली नेतृत्वको सरकार ढाल्न कांग्रेसको पछि लागेर अदालत पुग्नेहरुलाई पदाधिकारी बनाइन्छ, जुन पार्टीमा हिजो सशस्त्रको धारबाट आएको पंक्तिलाई पदाधिकारी र केन्द्रीय सदस्यमा सम्मानजनक स्थान दिइन्छ त्यो पार्टी र केपि ओली कसरी निरंकुश हुन सक्छन् ? केपी ओली र एमालेलाई निरंकुश भन्नेहरु एमालेको मजबुतिबाट आतंकित भएको नेपाल र नेपाली विरोधीबाहेक अरु केही होइनन् ।
वैचारिक पक्ष
कमरेड पुष्पलालको नेतृत्वमा बनेको नेकपाले नेपालमा गर्न खोजेको क्रान्ति आन्तरिक हिसाबले सामन्तवाद विरोधी क्रान्ति हो । ०६२÷०६३ मा सम्पन्न भएको आन्दोलनले नेपालमा रहेको सामन्तवादलाई मूलतः पराजित गरेको छ बाँकी रहेको सामन्तवादलाई संविधानले व्यवस्था गरेअनुसार समाजवाद उन्मुख राज्य व्यवस्था निर्माण प्रक्रियामा एमालेले भने अनुसार समाजवादको आधार निर्माणको प्रक्रियामा पुरा गरिनेछ ।
जहाँ सामाजिक न्यायसहितको आर्थिक विकास र समृद्वि हुनेछ । अर्को पार्टी साम्राज्यवाद विरोधी जुन क्रान्ति हो । त्यो केपी ओलि नेतृत्वको सरकारले अगाडि बढाएको छ ।
साम्राज्यवाद÷विस्तारवाद विरोधी भनेको सबैखाले वैदेशिक हस्तक्षेपबाट मुक्त नेपाल भन्ने हो । यसको लागि कमरेड केपी ओलिले भनेझै नेपाल कुनै अर्को राष्ट्रको छोटो भाइ होइन यो एउटा अलग राष्ट्र हो । हामी सम्मानजनक सहअस्तित्व पूर्ण, पञ्चशिलको सिद्धानतमा आधारित वैदेशिक सम्बन्ध चाहन्छौ भन्ने विचारद्वारा निर्देशित हुन्छ । सोहीअनुसार कमरेड केपी ओली नेतृत्वको कारणले चीनसंग पारवाहन सम्झौता गरेर एउटा देश निर्भर वैदेशिक सम्बन्धबाट देशलाई मुक्त गर्नु भएको छ, मात्र होइन १९५० को नेपाल भारत सम्झौतालाई परियोजन समेत गर्नुभएको छ । त्यसै गरी चुच्चे नक्सा निकालेर कमरेड केपी ओली सरकारले नेपालमाथि हुने सबैखाले भौगोलिक र साम्य हस्तक्षेपलाई अस्वीकार गर्नुभएको छ । राम नेपालमा जन्मिएका हुन् भनेर नेपालमा दिएका सबैखाले सांस्कृतिक हस्तक्षपको विरुद्वमा आफुलाई उभ्याउनु भएको छ । चीनसंगको पारवाहन सम्झौताले आर्थिक रुपले हुने वैदेशिक हस्तक्षेपलाई अस्वीकार गरिएको छ । चीनसंगको पारवहन सम्झौताले आर्थिक रुपले हुने वैदेशिक हस्तक्षेपलाई अस्वीकार गरिएको छ भने भौगोलिक हुने विदेशी हस्तक्षप अस्वीकार गरिएको छ । यो साम्राज्यवाद÷ विस्तारवाद विरोधी क्रान्ति होइन । प्रचण्डहरुले दस्तावेजमा र बलिदानमा सामन्तवाद साम्राज्यवाद विरोधी क्रान्ति गरे कमरेड केपी ओलीले व्यवहारमा गर्दै हुनुहुन्छ । स्वाधिनताको जगमा खडा भएको समृद्व नेपाल सुखी नेपाली भनेकै समाजवाद हो भनेर कमरेड केपी ओलीले भन्नुभएको यो सैद्वान्तिक र वैचारिक दुबै हिसाबले सही दृष्टिकोण हो ।
निष्कर्ष
नेकपा एमालेको १० औँ महाधिवेशन जनवाद र लोकतन्त्रको उच्च प्रकारको संयोजन हो । जहाँ जनता आफ्नै लगानीमा उत्साह र अनुशासितपूर्वक सहभागि भए । यो पार्टी साँच्चै जनआधारित कार्यकर्ता पार्टी हो । जनसहभागिता र कयौं समाचारका बाबजुद जनताको संयमतापूर्वक सहभागिताले यो सन्देश दिन्छ यो पार्टी अनुशासित छ, जनताको भर एमालेमै छ, अबको नेपाल र नेपालीको नेता एमाले हो । अर्को सन्देश भनेको एमाले पार्टी सबै कम्यूनिष्टहरुको नेता पार्टी हो यहाँ सबैको जीवन र अस्तित्व सुरक्षित छ सोही अनुसार नेताहरु छानिएका निर्वाचित भएका छन् । तसर्थ विसर्जनको यात्रामा सहभागि नहुन सबै कम्युनिष्टहरुलाई यो पार्टी सम्मेलनले आग्रह गरेको एउटा थप महत्वपूर्ण व्याख्या यो । अधिवेशनमा गर्नुभयो त्यो भनेको पार्टीभित्र उच्च प्रकारको समझदारीसहितको व्यापक एकतामा आधारित सर्वसम्मत नेतृत्व छनौट गर्ने त्यसो गर्दा एकतामा जोड गर्ने र विरोधीहरुसंग प्रतिष्पर्धामा जोड गर्ने । ज.ब.ज भनेकै पार्टीभित्र चुनाव गरेर नेतृत्व छनौट गर्नु हो । भन्ने कुरा एकाङ्की बुझाई हो भनेर ज.ब.ज.को थप व्याख्या र विकासतिर पार्टीलाई लैजान खोज्नु भएको छ । पार्टीभित्र नियमित चुनाव र मतदानले पार्टीमा गुटलाई स्थायीत्व दिन्छ । जसले पार्टीभित्रको संघर्ष अस्वस्थ हुन्छ र पार्टी कमजोर हुन्छ भन्न खोजिएको छ । बाध्यता र अनिवार्य आवश्यकतामा चुनाव हो भन्ने कुरा अगाडि सारेको छ । यस प्रकार नेकपा एमालेको १० औँ महाधिवेशन सबै कोणबाट एतिहासिक रहेको छ मात्र होइन नेपालको समाजवादी आन्दोलनको नेता पार्टी नेकपा एमाले हो भन्ने कुरा पनि स्थापित गरेको छ ।

Facebook Comments