बेस नेपालद्वारा ६ सय घरधुरीलाई खाद्यान्न सहयोग

भैरहवा, ८ मंसिर ।
केएर नेपाल र पछौटेपन उन्मुलन समाज (बेस) नेपालको साझेदारीमा रूपन्देहीको ओमसतिया गाउँपालिका र पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा सञ्चालित कोभिड आपतकालिन प्रतिकार्य कार्यक्रमले दुवै पालिकाका गरी ६ सय घरधुरीलाई खाद्यान्न तथा सरसफाई सामाग्री सहयोग गरेको छ ।
गाउँपालिकासँगको समन्वय गरी कोभिडबाट प्रभावित, खेतीयोग्य जग्गाविहिन, ज्यालादारी गर्ने र अन्य आम्दानीको स्रोत नभएका अतिविपन्न घरधुरीलाई १० हजार १ सय रूपैया बराबरको खाद्यान्न र सरसफाइका सामग्रीहरू वितरण गरेको हो ।
छनौटमा परेका ९० घरधुरीहरूलाई १ हजार ८ सय बराबरको थप पोषणयुक्त सामग्री वितरण गरिएको थियो । सामग्रीहरू ओमसतिया गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ कालाभग्राहीलाई रोहिणी–१,र वडा नम्बर ५ र ६ का लाभग्राहीहरूलाई ओमसतिया–६, मझौलीको किराना पसलबाट वितरण गरिएको थियो ।
त्यसै गरी सरावल गाउपालिकाको वडा नम्बर १ र २ कालाभग्राहीहरूलाई सरावल–१, बासा र वडा नम्बर ३, ४, ५, ६ र ७ का लाभग्राहीहरूलाई सरावल–४, गोबरहीयाको किराना पसलबाट आइ.एम.इ. डिजिटल सोलुसनले प्रदान गरेको डिजिटल कार्डको माध्यमबाट वितरण गरिएको थियो ।
लाभग्राहीहरूलाई चामल, गहुँको पिठो, अरहर र मसुरोको दाल, तोरी र सूर्यमुखीको तेल, चना, चिनी, अण्डा, नुन, नुहाउने साबुन, सर्पm, सेनेटरी प्याड, मह, घिउ र सर्वाेत्तम लिटो वितरण गरिएको कार्यक्रमक जीविकोपार्जन प्राविधिक अधिकृत आशिष चौधरीले जानकारी दिए । डिजिटल माध्यमबाट भएको ंवितरण प्रणालीले सामग्री दिनेबित्तिकै भुक्तानी पाउने भएर काम गर्न सहज भएको सरावल–४ का रिता एण्ड अमृता जनरल स्टोर्सका प्रोप्राइटर कमलेश चौधरीले बताए । दुवै पालिकामा जीविकोपार्जन र स्वास्थ्यका कार्यक्रमहरु चलिरहेको र कार्यक्रमको अवधि आगामी वैशाखसम्म रहेको कार्यक्रम संयोजक विनिता भट्टराईले जानकारी दिइन् ।

Facebook Comments