लुम्बिनी सहकारीको २७ औं वार्षिक साधारणसभा सम्पन्न

मंसिर ४ भैरहवा
लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर–१२, रूपन्देहीको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तेज बहादुर थापाको अध्यक्षता तथा रूपन्देही बचत तथा ऋण सहकारी संघ लि. बुटवलका अध्यक्ष प्रकाश भट्टराईको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि प्रकाश भट्टराईले सहकारीको लगानी उत्पादनशील क्षेत्रमा सदस्य केन्द्रित लगानी गर्नुपर्नेमा जोड दिए । उनले सहकारी सदस्य बन्नु पुर्व संस्थाको आर्थिक गतिविधि तथा संचालकहरूको पहिचान गरेर मात्र सदस्य बन्न जोड दिए । उनले सहकारीका सदस्यहरूको आयस्रोत वृद्धिका साथै आवद्ध सबै सदस्यहरूको अर्थिक रुपमा विकास गराउन सहकारीको महत्वपूर्ण भूमिका रहने बताए ।
साधारणसभामा नेफ्स्कुन फिल्ड कार्यालय बुटवलका प्रमुख छत्र प्रसाद धमाला र राष्ट्रिय सहकारी बैंक लि. भैरहवा शाखा प्रमुख आलोक शिवाकोटीको विशिष्ट आतिथ्यता, पूर्व सहकारी निरीक्षक चन्द्रकान्त भट्टराई, सिद्धार्थनगर नगर पालिकाका सहकारी अधिकृत कमलकान्त खनाल र अधिवत्ता शेषनारायण भण्डारीको आतिथ्यता तथा सहकारीका प्रबन्धक राम प्रसाद बरालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
साधारणसभाले सर्वसम्मत रूपमा इन्द्र बहादुर थापाको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा राधादेवी थापा, सचिवमा लक्ष्मण ज्ञवाली, सदस्यमा अमृत गिरी, इन्द्र प्रसाद गुरुङ, गोपाल खनाल, पानेश्वर पौडेल, सीता कुमारी ढुंगाना काफ्ले र रिता खनाल रहेका छन् ।
साधारणसभाले बैकुण्ठनाथ अर्यालको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरेको छ । जसको सदस्यमा माधव अर्याल र कृष्ण प्रसाद घिमिरे सदस्य रहेका छन् ।
नवनिर्वाचित सञ्चालक पदाधिकारी तथा लेखा सुपरिवेक्षण समिति पदाधिकारी र सदस्यहरूलाई निर्वाचन उपसमिति संयोजक समेत रहेका चन्द्रकान्त भट्टराईले सपथग्रहण तथा प्रमाणपत्र वितरण गरेका थिए ।
साधारणसभाले शेयर सदस्य कृष्णप्रसाद बस्यालकी सुपुत्री प्रकृति बस्याललाई कक्षा ११ र १२ मा उत्कृष्ट अंक ल्याएकोमा नगद तथा सम्मानपत्रबाट सम्मान गरिएको थियो । संस्थाले २४ करोड १४ लाख २५ हजार ५ सय २१ रुपैयाँको बजेट सर्वसम्मत पारित गरेको थियो ।

Facebook Comments