पत्रकार सुर्य भुसालद्वारा कांग्रेस जिल्ला सदस्यमा उम्मेदवारी दिने घोषणा

नविन रसाइली
अर्घाखाँची, २ मंसिर ।
नेपाली कांग्रेसको १४ औ महाधिवेशन तथा जिल्ला अधिवेशनले अर्घाखाँचीमा माहोल निकै बढेको छ । यही मसिर ६ गते हुन लागेको जिल्ला अधिवेशनमा चुनाव प्रचारप्रसार तथा उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र रुपमा भइरहेको छ ।
जिल्ला अधिवेशनमा जिल्लाका एक चर्चित पत्रकार सुर्य भुसालले जिल्ला सदस्यको उम्मेदवारी घोषणा गरेका छन् । भुमिकास्थान नगरपालिका वडा नम्बर ९ स्थायी घर भइ हाल सन्धिखर्कमा रहि जिल्लाभर राजनीति तथा पत्रकारितामा क्रियाशिल भएका भुसाल निकै लोकप्रिय उम्मेदवार भएको कार्यकर्ताहरु बताउँछन् । भुसाल विद्यार्थी कालदेखि नै नेविसंघमा आबद्ध भइ करिब दुई दशक भन्दा बढी राजनीतिमा निकै क्रियाशिल नेता हुन ।
भुसाल राजनीति, समाजसेवासंगै पत्रकारिताको एउटा चर्चित नाम हो । नेपाल प्रेस युनियन अर्घाखाँचीको दुई कार्यकाल सर्वसम्मत सभापति भएका भुसाल पत्रकार महासंघ अर्घाखाँचीको सचिव रेडियो देउरालीको प्रमुख भइ सफलतापूर्वक कार्यकाल सफल गर्दै आएका छन् । निकै सरल, सहज र मिलनसार भुसाल सबैलाई सहयोग गर्ने एक जुझारु, गतिशील, उर्जावान युवा नेताको रुपमा पहिचान गराएका छन् । भुसालले कांग्रेसलाई गतिशील तथा जिल्लाको जनताको खास पार्टी बनाउन र युवाहरुको पार्टीमा थप आकर्षण बढाउन उम्मेदवारी दिएको बताए ।

Facebook Comments