औद्योगिक व्यापार मेलाको तयारी तीव्र, प्रवेशद्वार ड्राइगनको मुखाकृति

माधब न्यौपाने
भैरहवा, १५ कार्तिक । उद्योग व्यापार संगठन रुपन्देहीले भैरहवामा यही कात्र्तिक ३० गतेदेखि मंसिर ११ गते सम्म आयोजना गर्न लागेको चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवको तयारी तीव्र रुपमा अगाडी बढेको छ ।

परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रुपान्तरित गरी राष्ट्रिय साना तथा घरेलु उद्योग र व्यापारको प्रोत्साहन तथा प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको “चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव–२०७४” को लागि मेला स्थल अञ्चलपुरमा अहिले तीव्र रुपमा निर्माण कार्य भइरहेको छ ।

राष्ट्रिय स्वाधिनता लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण भन्ने मुल नारालाई आत्मसात गरेको संगठनले आयोजना गर्न लागेको महोत्सव स्थलमा हाल सचिवालय निर्माण, महोत्सवको आकर्षकको रुपमा रहेको हाल सम्म नेपालमै नबनाइएको आधुनिक तरिकाको (ड्रागनको मुखबाट प्रबेश गर्ने) गेट निर्माण, मायादेवी मन्दिर निर्माण, स्टलहरु निर्माण, माछापोखरी निर्माण लगायतका कामहरु भइरहेको स्टल निर्माण उपसमितिका संयोजक लक्ष्मण भण्डारीले बताए । हालसम्म करिब ४० प्रतिशतसम्म निर्माण कार्य सम्पन्न भइसकेको बताउँदै भण्डारीले १६ गतेदेखि सचिवालय लाइ नै मेला स्थलमा सारेर कामलार्इ अझ तिब्रता दिइने जानकारी दिए ।

महोत्सवको आर्थिक व्यवस्थापनको लागि मुख्य प्रायोजक, प्रायोजक लगायतको व्यवस्था पनि भइसकेको आयोजकले जनाएको छ । मेलाको मुख्य प्रायोजकमा बोधि रेडसन होटल रहेको छ भने प्रायोजकमा एस.आर.गु्रप रहेको संगठनका अध्यक्ष तथा मेला मुल आयोजक समिति संयोजक नारायण प्रसाद भण्डारीले बताए । त्यस्तै सचिवालय प्रायोजकमा सिद्धार्थ सिमेण्ट, मुख्य गेट प्रायोजकमा अर्घाखाँची सिमेण्ट, आधिकारिक बैंकमा एन.आइ.सि. एसिया बैंक, प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड लगायतसंगपनि सम्झौता भइसकेको अध्यक्ष भण्डारीले बताए ।

महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, होटल, प्रबिधि तथा अटो लगायतका क्षेत्रको प्रतिनिधित्व हुनेगरी ३५० स्टलहरु राखिने लक्ष्य लिइएको महोत्सवमा हालसम्म विभिन्न क्षेत्रका गरी १ सय ५० स्टलहरु दर्ता भइसकेको संगठनका निवर्तमान अध्यक्ष खिम बहादुर खत्रीले बताए ।
३ लाख दर्शकले अवलोकन गर्ने र कम्तीमा ५० देखि ६० करोड सम्मको कारोवार हुने अपेक्षा राखिएको महोत्सवमा महोत्सव स्थल बुटवल–भैरहवा सडकखण्डको नजिकै रहेकाले लक्ष अनुसार दर्शकको सहभागिता हुने र कारोबार पनि अपेक्षा अनुसार हुनेमा आयोजक संस्थाले विस्वास लिएको आर्थिक व्यवस्थापन उपसमिति संयोजक सचिन रोक्काले बताए ।

महोत्सवको आकर्षकको रुपमा पुरुष तथा महिला कुस्ती प्रतियोगिता, जिल्ला स्तरीय फेसन स्व, बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, राउटे जातीको अवलोकन, उँट नाच, सेल्फी स्पेश लगायतका प्रस्तुतिहरुको व्यवस्था गरिएको सांस्कृतिक संयोजक गिरिष चन्द्र त्रिपाठीले बताए । साथै विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती, साँझको समयमा ख्यातिप्राप्त कलाकारद्वारा डिजे, स्थानीय भोजपुरी कलाकारको प्रस्तुती लगायतका कार्यक्रमहरुले महोत्सवलाइ थप आकर्षित बनाउने आयोजकले जनाएको छ ।

महोत्सवमा सह–आयोजकको रुपमा सिद्धार्थनगर नगरपालिका, कृषि व्यवसाय प्रबद्र्धन केन्द्र ललितपुर, घरेलु तथा साना उद्योग विभाग त्रिपुरेश्वर, पशुपंक्षी प्रबद्र्धन कार्यालय ललितपुर रहेका छन् भने सहयोगी संस्थाको रुपमा होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देही, उद्योग व्यापार संगठन लुम्बिनी शाखा, तिलोत्तमा शाखा, देवदह शाखा, सिद्धार्थ होटल एसोसिएसन (सान), लुम्बिनी मनिचेन्जर व्यवसायी संघ, सिद्धार्थ टुर एण्ड ट्राभल एसोसिएसन, मदिरा व्यवसायी संघ रुपन्देही, मोवाइल व्यवसायी संगठन र रुपन्देही हेभी इक्वीपमेण्ट व्यवसायी संघ रहेको संगठनका महासचिव अनिल कुमार ज्ञवालीले बताए ।

संगठनले यस अघि २०७० सालमा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव सफलतापुर्वक सम्पन्न गरेको थियो ।

 

Facebook Comments

2 thoughts on “औद्योगिक व्यापार मेलाको तयारी तीव्र, प्रवेशद्वार ड्राइगनको मुखाकृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *