रुद्रदेवी कला केन्द्र ६ वर्षमा प्रवेश

भुवन आचार्य
भैरहवा ।

भैरहवाको नारायणपथमा अवस्थित रुद्रदेवी कला केन्द्र आज (मंसिर १) देखि ६ वर्षमा प्रवेश गरेको छ । आफ्नो स्थापना दिवसको अवसरमा नेपालमा पहिलोपटक देशभर ‘मिलानो फुटवेयर द विगेष्ट डान्स विथ हेल्थ फिटनेस क्याम्प–२०७८’ सुरु गर्ने कला केन्द्रका सञ्चालक सुनिल गुप्ताले बताए । वान वल्र्ड वान हेल्थ मेसेज टु ह्युमनिटीका साथ ५ महिनासम्म उक्त कार्यक्रम चल्ने उनले बताए । जसअन्तर्गत हरेक दिन १ घण्टा नेपालभरीका सबै उमेर समूहका व्यक्तिहरु यसमा सहभागि बन्न सक्नेछन ।
त्यस्तै स्थापना दिवसको अवसरमा कला केन्द्रले विपन्न परिवारका बालबालिकाहरु लाई कापी, कलम र सल वितरण गर्ने कार्यक्रम रहेको पनि उनले बताए । त्यस्तै स्थापना दिवसको अवसरमा विभिन्न कोर्षहरुमा आकर्षक छुटको पनि व्यवस्था गरिएको सञ्चालक गुप्ताले बताए ।
सुनिलको संघर्ष
विगतमा आफू मोबाईल मेकानिकल भए पनि सानै उमेरदेखि कला क्षेत्रमा लाग्ने सपना रहेको सुनिल बताउँछन् । ५ वर्ष भारतमा बसि डान्स सिकेर आफ्नो सपना पुरा गर्नको लागि र आफ्नो देशमा केही गर्नुपर्छ भनेर २०७३ सालदेखि रुद्रदेवी कला केन्द्रको स्थापना गरेको उनले बताए । कला क्षेत्रलाई विदेशमा जस्तै आफ्नै देशमा पनि केही गर्नुपर्छ र कला क्षेत्रलाई अगाडि बढाउनु पर्छ भन्ने उद्देश्यले कला केन्द्र सञ्चालन गरेको उनले बताए ।

सुनिल गुप्ता ( कोरियोग्राफर÷ प्रबन्ध निर्देशक)
रुद्रदेवी कला केन्द्र, भैरहवा

‘जिन्दगीमा सपना मार्नुहुन्न भन्ने मेरो सोच थियो पैसा मात्र कमाउनु ठूलो कुरा होइन्, मलाई मेरो सपना पुरा गर्नुथियो त्यसैले म यो क्षेत्रमा लागे, ’उनले भने ।
‘पहिले डान्स गर्दा लुकेर गर्नुपर्ने समाजले हेर्ने दृष्टिकोण फरक थियो तर पनि म आफ्नो सपनामा लागिपरे, ’उनले थपे । माइकल ज्याक्सनलाई हेरेर प्रभावित भएको उनको भनाइ छ ।
‘सुरुमा भैरहवामा डान्स भनेको के हो भन्ने खासै थाहा थिएन डान्स गरेर के हुन्छ भन्थे तर यहाँ आएर मैले अवसर लिदै मान्छेहरु बुझ्दै गए, ’उनले भने । पहिले घर भाडासम्म तिर्न सक्ने अवस्था नभएको उनको भनाइ छ । काम गर्दै जाँदा मान्छेको विश्वास कमाउँदै गएको गुप्ताले बताए । अहिले आफू कला क्षेत्रबाट चिनीन पाएकोमा गौरव लागेको बताए । कला क्षेत्रबाटै आफु र देशलाई संसारभर चिनाउन आफू सदैव लाग्ने उनको भनाइ छ ।
कला केन्द्रमा आकर्षण
यस कला केन्द्रमा ३ वर्षदेखि ६० वर्षमाथि उमेर समूहका व्यक्तिहरु आउने उनले बताए । युवाहरुको आर्कषण पहिले भन्दा कम रहेको उनको भनाइ छ ।
यस कला केन्द्रमा बालबालिकाहरुलाई डान्स, ३ वर्षको डिप्लोमा कोर्स, जुम्बा डान्स रहेको उनले बताए । बालबालिकाहरु कसरी बोल्ने भनेर सिकाउने मोटिभेसन ट्रेडिङ्ग दिने र रोजगारीको ग्यारेण्टी रहेको पनि उनले बताए । विदेशमा पनि अब अनलाईन क्लासमार्फत सिकाउने उनले बताए । २ वर्ष कोरोनाकालमा स्वदेशमा केही गर्न सकिदैन जस्तो लागे पनि अहिले भने आशालाग्दो देखिएको उनले सुनाए ।
विगत ४ वर्षमा २ हजार भन्दा धेरै कला केन्द्रमा लाभान्वित भएको उनको भनाइ छ । जसबाट १ सय जना भन्दा धेरैले रोजगारी पनि पाइसकेको उनले बताए । अहिले रुद्रदेवी कला केन्द्रमा ५ जनाले रोजगारी पाएको उनले बताए । अहिले कला केन्द्रमा २ सय जनाले सिकिरहेको गुप्ताले बताए । यसको शाखा भैरहवामा मात्रै सीमित भए पनि अब भने देशका विभिन्न ठाउँदेखि सेवा दिने पनि उनले बताए । ‘रुद्रदेवी कला केन्द्रमा डान्स मात्र नभएर अनुशासन पनि सिकाइन्छ, ’उनले भने ।
ààà

Facebook Comments