‘ मैले मेरो निजामति करियरको लामो समय स्थानीय तहमै सेवा गरेको छु’

छत्रदेव गाउँपालिका विश्वमान चित्रमा २८।०० देखि २८।०१ डिग्री उत्तरी अंक्षाश र ८३।१३ देखि ८३।८४ डिग्री पूर्वी देशान्तरमा नेपाल राज्यको अर्घाखाँची जिल्लामा अवस्थीत पहाडी भू(भागमा रहेको छ । समुन्द्री सतह देखी करिब १२५० मिटर उचाईमा यो गाउँपालिकाको केन्द्र रहेको छ।यहाँको हावापानी समशितोष्ण प्रकारको छ । ८७।६२ वर्ग कि।मि क्षेत्रफलमा फैलिएको यस गाउँपालिकाको जनसंख्या वि सं २०६८ सालको जनगणना अनुसार २५३३६ रहेको छ । साविकका बल्कोट, केरुङ्गा,छत्रगञ्ज, ठूलापोखरा, भगवती गा वि स को सबै भाग र चिदिका गा वि स को १ नं। देखि ८ नं वडा , अर्घातोष गा वि स को २ नं। देखि ५ नं। वडा सम्म र मरेङ्ग गा वि स को ७ न देखि ९ नं वडा सम्मका गा वि स भू(भागलाई मिलाई सिंगो छत्रदेव गाउँपालिका बन्नुका साथै साविकको छत्रगञ्ज हाल छत्रदेव(५ यसको प्रशासनिक केन्द्र भएको छ । यसै पालिकाको समग्र बिकास र पालिकाको अबस्थाको बिषयमा केन्द्रित भएर छत्रदेव गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थ सगँ गौतमबुद्ध सन्देश दैनिकका लागि जितेन्द्र खत्रीले गरेको कुराकानीको अशं.ः
तपाई सरकारी कर्मचारीको क्षेत्रमा प्रबेश गरेको कति भयो सेवा कहा कहा कसरी गर्नु भयो ?
म २०६८ साल माघ २९ गते खरिदार पदबाट सेवा प्रवेश अर्घाखाँची जिल्लाको बाँगी गाउँ विकास समितिमा २ वर्ष करिब गाउँ विकास समितिको सचिव पदमा सेवा गरी २०७० साल पुषमा नायब सुब्बामा खुला पर्तिस्पर्धाबाट सिफारिस भई करिब ३ वर्ष महान्यायाधिवक्ताको कार्यालयमा सेवा गरें । २०७३ साल कार्तिक २ गते देखि नेपाल सरकारको सामान्य प्रशासन सेवा, सामान्य प्रशासन सेवाको शाखा अधिकृतको पदमा कार्यरत रहेको छु । शाखा अधिकृतको रुपमा आमचोक गाउँपालिका भोजपुर, कालिमाटी गाउँपालिका सल्यान, पूर्वखोला गाउँपालिका पाल्पा, छत्रकोट गाउँपालिका गुल्मी र कारागार कार्यालय गुल्मीमा सेवा गरी हाल छत्रदेव गाउँपालिका अर्घाखाँचीमा प्रमुख प्रशासकीय अधिकृतको पदमा सेवारत रहेको छु ।
काम गर्न अन्य निकायमा भन्दा स्थानिय तहमा कत्तिको सजिलो या कठिनाई लागेको छ ?
मैले मेरो निजामति करियरको लामो समय स्थानीय तहमै सेवा गरेको छु । अन्य निकायको खास अनुभव धेरै छैन । स्थानीय तह नेपालको संविधानले परिकल्पना गरे बमोजिम स्थापित नयाँ संरचनाहरु हुन । नयाँ संरचना भएकाले शुरुवाती दिनहरुमा कानुनको अभाव, जनशक्ति अभाव, साधन स्रोतको अभावका बीच काम गर्दै आजको दिनसम्म आइपुग्दा स्थानीय तहको सञ्चालनका लागि आवश्यक अधिकांश कानुनहरु निर्माण भएको, भौतिक संरचनाहरुको निर्माण भएको, जनशक्ति पदपुर्ति भएको कारणले सेवा प्रवाहमा केहि सहजता भएको छ । जनताको सबै भन्दा नजिकको सरकार, वृहत अधिकार क्षेत्र भएका कारणले स्थानीय तहमा काम गर्दा नागरिकका दैनानुदिन समस्याहरुको समाधान गर्नुपर्ने र अन्य निकायहरु भन्दा बढी जवाफदेही हुनुपर्ने, नागरिकमैत्री हुनुपर्ने हुन्छ । कर्मचारीहरुबाट प्रवाह हुने सेवाको गुणस्तरले सरकार प्रति नागरिक अपनत्व वृद्धि हुनसक्ने हुँदा त्यसतर्फ पनि सचेत हुनुपर्ने हुन्छ । स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारी संयन्त्र रहने र नागरिकहरुले जनप्रतिनिधिहरु मार्फत अनावश्यक दबाब सिर्जना गर्न खोज्ने जोखिम समेत स्थानीय तहमा रहेको हुन्छ । तथापी विभिन्न समस्याहरुका बाँबजुद पनि स्थानीय तहमा काम गर्दा प्राप्त हुने अनुभवले भविष्यमा समेत कार्यक्षेत्रमा रहेर कुशल प्रशासकका हिसाबले कार्यसम्पादन गर्न मद्दत पु¥याउने हुनाले कर्मचारीले अवसरका रुपमा लिनु उपयुक्त हुन्छ ।
यस पालिकाले सरल अनुभवि र दक्ष युवा कार्यलय प्रमुख पाईरहदा युवाहरुको व्यतिmत्व र नेतृत्वको बिकासमा टेवा पुग्ने के के कार्यक्रम लिएको छ ?
मेरो सरलता नागरिकले महशुश गर्ने कुरा हो र यसको मूल्याङ्कन उहाँहरुले नै गर्नु भएको होला । सहज ढंगले सेवा प्राप्त गर्ने नागरिकको अधिकार कार्यान्वयन गर्ने जिम्मेवारीमा रहेको हुँदा मेरो प्रयत्न सदैव गुणस्तरीय सेवा प्रवाह, पारदर्शी कार्यशैली, जवाफदेही सार्वजनिक प्रशासन, पहुँचयोग्य सेवा प्रवाह गर्ने तर्फ केन्द्रित गरेको छु ।
स्थानीय तह सञ्चालनका क्रममा प्रदेश र संघीय सरकारसँग हुने सहकार्य र सहयोग कस्तो पाउनु भयो ?
हाम्रो संविधानले नै तीन तहका सरकारबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वय को सिद्धान्तको आधारमा हुने परिकल्पना गरेको छ । संघ र प्रदेश सरकारले स्थानीय तहका लागि अनुदान उपलब्ध गराउने संवैधानिक व्यवस्था छ । तसर्थ पनि संघीय र प्रदेश सरकारसँग स्थानीय तहको समन्वय र सहकार्य अपरिहार्य नै छ र त्यस्तो समन्वय छत्रदेव गाउँपालिकाको हकमा राम्रो सँग भएको छ । तथापी कतिपय संघ र प्रदेशले बनाउनु पर्ने कानुनहरु बन्न बाँकी हुँदा र लामो समयदेखि एकात्मक शासन व्यवस्थामा अभ्यस्त भएको हुनाले व्यवहारगत केही समस्याहरु बाँकी छन जसले गर्दा संविधानले परिकल्पना गरे बमोजिमको सहकार्य र समन्वयमा केही कमी भएको पक्कै हो ।
स्थानीय तहले पाएको अधिकारलाई उपयोग गर्दै नागरिकलाई सेवादिन कत्तिको सफल हुनुभयो ?
हामीले कति सेवा दिन सफल भयौं भन्ने कुरा छत्रदेववासी नागरिकहरुले अनुभुत गर्ने कुरा हो । छत्रदेव गाउँपालिकाले स्थापनाको पहिलो वर्ष नै खरको छाना भएका छत्रदेववासीहरुको घरधुरीमा जस्तापाता वितरण गर्ने कार्यक्रम मार्फत देशकै पहिलो खरको छानामुक्त गाउँपालिका कार्यान्वयन गरेको छ । विद्युतीकरण भएको भएता पनि त्यसको गुणस्तर हाल सम्म पनि सुधार हुन नसकेको यथार्थ तपाइ हामी सामु छ । यस कुरालाई ध्यानमा राखेर घरायसी विद्युत जोड्न बाँकी रहेका समेत संलग्न गरी सबै दलित घरपरिवारहरुलाई सौर्य बत्ती वितरण गरेका छौं । स्थानीय सडकको स्तरोन्नती र सुख्खाक्षेत्र भएकाले खानेपानी सेवाको सहज उपलब्धताका लागि नयाँ खानेपानी आयोजनाको निर्माण र पुराना खानेपानी आयोजनाहरुको मर्मतमा ध्यान पु¥याएका छौं । विद्यालय शिक्षाको गुणस्तर सुधार र आधारभुत स्वास्थ्य सेवाको पहँुच र गुणस्तरमा जोड दिएका छौं । कृषकहरुलाई आधुनिक प्रविधियुक्त सामाग्रीहरु हस्तान्तरका कार्यक्रमहरु सञ्चालन गरेका छौं । स्थानीय तहलाई प्राप्त अधिकारहरुको कार्यान्वयन गरी नागरिकहरुको खुसीका लागि हामी दृढ रुपमा लागेका छौं । कोरोना महामारीको समयमा समेत निरन्तर सेवामा खटेर कम भन्दा कम क्षति गराउनका लागि हामीले प्रयत्न ग¥यौं र त्यसबाट सफलता समेत मिलेको छ ।
धेरै स्थानीय तहमा अझै पनि कानुनहरू नबनेको अवस्था छ छत्रदेव गाउँपालीका कानुन र कार्यविधि निर्माणका कुराहरू के के भइरहेका छन ?
सरकारका काम कारवाहीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न कानुन निर्माण सबैभन्दा महत्वपूर्ण कार्य हो । यस गाउँपालिकामा हालसम्म १४ ऐन, ३ नियमावली, ३३ कार्यविधि निर्माण गरेका छौं ।
कोरोना कहरका नागरिक आम्दानी विहीन बनिरहेका छन्, बेरोजगारीको समस्या बढेको छ नागरिकलाई आफैँ केही गर्ने बनाउन पालिकाले त्यस्ता काम केही गरेको छ ?
सन् २०२० को डिसेम्बर देखि शुरु भएको कोरोना महामारीको कारणले सबै क्षेत्रहरु प्रभावित भएको छ । यसले नागरिकको जीवनस्तरमा कठिनाई उत्पन्न भएको छ । यस वर्ष हामीले नागरिकको आय आर्जन वृद्धिमा सहयोग पु¥याउन उत्पादनमा आधारित अनुदान, कृषि सामाग्रीहरुमा अनुदान, व्यवसायिक कृषक अनुदान, व्याज अनुदान लगायतका कार्यक्रमहरु अगाडी सारेका छौं । नागरिकहरुको सुलभ खानेपानी व्यवस्थापनका लागि सामुदायिक खानेपानी आयोजनाहरुमा विद्युत महशुल छुट लगायतका कार्यक्रमहरु पनि सञ्चालनमा ल्याएका छौं ।
स्थानीय तहको ध्यान शिक्षा, स्वास्थ्यमा भन्दा निर्माणमै बढी भएको भन्ने गुनासाहरू आइरहेका छन् नि ?
स्थानीय तहमा प्राप्त सबै अधिकारहरुको कार्यान्वयन व्यवहारिक रुपमा गर्नु स्थानीय तहको दायित्व हो । हामीले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, भवन, सडक, खेलकुद मैदान, बाल उद्यान, मन्दिर, मस्जिद लगायत सबै क्षेत्रको विकासमा उत्तिकै ध्यान पु¥याएका छौं ।
अन्त्यमा केही छुट्यो की ?
संघीयता कार्यान्वयन हाम्रा लागि नयाँ विषय हो । स्थानीय तहहरु स्थापना भएको ४ वर्ष पुरा भएको छ । यस अवधिमा विकास निर्माण र सार्वजनिक सेवा प्रवाहमा हामिले केही सफलताहरु हासिल गरेका छौं । स्थानीय तहहरुलाई अझ मजबुत बनाउदै लैजान सकेमा यसले सामाजिक न्याय सहितको राष्ट्र निर्माणमा योगदान पुग्नेछ । ट्रय आकांक्षा पुरा गन सबल स्थानीय तह आजको आवश्यकता हो भन्नेमा हामी सबैको समान धारणा हुनु आवश्यक छ ।
ààà

Facebook Comments