होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीकोे वार्षिक कार्यशाला गोष्ठी सम्पन्न

परासी, २८ कात्तिक ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीको नवलपरासीको अमलटारीमा दुई दिने वार्षिक कार्यशाला गोष्ठी शनिबार सम्पन्न भएको छ । संगठनले आगामी वर्षको लागि तयार गरेको ३३ बुंदे कार्ययोजना पारित गर्दै गोष्ठी सम्पन्न भएको संगठनका अध्यक्ष पिताम्बर न्यौपानेले जानकारी दिए ।संगठनले होटल व्यवसायलाई मर्यादित बनाउनका लागि व्यवसाय संचालन आचारसंहिता लागू गर्ने, होटलको मेनु र कर्मचारीलाई परिचयपत्रको अनिवार्य गर्ने निर्णय गरेको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रर्बधन र पुर्नरउत्थानका लागी सरकारी तथा गैरसरकारी निकायसंग समन्वय गरी रात्रीकालीन व्यवसाय सञ्चालनका लागि समन्वय गर्ने निर्णय भएको संगठनले जनाएको छ ।
त्यस्तै सानादेखि ठूला सबै प्रकारका होटल तथा रेष्टुरेण्ट व्यवसायलाई वर्गिकरण गरी सेवालाई प्रभावकारी बनाउनका लागि तारे होटलदेखि सामान्य होटलहरुलाई वर्गिकरण गरी व्यवसायको स्तरउन्नति गर्नेदेखि व्यवसायीको समस्यालाई सम्बोधन गर्नेसम्मका प्रस्तावहरु पारित भएको संगठनका महासचिव राजेश महोत्राले बताए ।

Facebook Comments