चराहरुको स्वर्ग लुम्बिनी र यस क्षेत्रको जैविकी महत्व

चेतन पन्त
लुम्बिनी बौद्धमार्गी र विश्वका शान्तिप्रेमी समुदायको स्वर्ग मात्र नभइ चराहरुको पनि स्वर्ग समान छ । लुम्बिनीको शान्त वातावरण, हरियाली वनस्पति, फूल बगैचा र विशेष गरी चराहरुको आकर्षणका लागि बनाइएका नहर र पोखरी आदिले गर्दा लुम्बिनी चराहरुको स्वर्गको रुपमा रहेको छ ।
लुम्बिनीमा २९० प्रजातिका चराहरु रहेका छन् । कतिपय चराहरु रैथाने छन् भने कतिपय चराहरु बसाईसराई गरेर आउने गर्दछन् । विशेष गरी जाडोयाममा अत्याधिक चिसो हुने स्थान साईबेरिया, मंगोलिया, काजकिस्तान, तुर्कमेनिस्तान, तिब्बतसम्मका चराहरु लुम्बिनीको न्यायो घाम जलचर गर्न आउने गर्दछन् । यस्तालाई हामी पाहुना चराहरु भनेर सम्बोधन गर्ने गर्दछौं ।
आगन्तुक चराहरुमा मरुन सुनजुरेहास, खडरवर्ड, काली जुरे, मालक आदि अनेकन प्रजातिका चराहरु लुम्बिनी क्षेत्रमा आउने गर्दछन् । हजारौं माइल टाढाबाट बिना भिसा र पासपोर्टमा सयौं आकाशलाई पार गर्दै पर्यटकीयहरु लुम्बिनी आउँदा लुम्बिनीको वातावरण सुनमा सुगन्ध छरे जस्तो हुन्छ ।
लुम्बिनी विकास कोषले गुरुयोजनामा १÷३ किलोमिटरलाई केन्द्रीय नहर, सर्कुलर लभीको गोलाकार पोखरी र प्रत्येक बिहार क्षेत्रमा चराहरुको बासस्थान र आकर्षण बढाउन सुन्दर पोखरीहरुको निर्माण गरेको छ ।
लुम्बिनीको अर्को सुन्दर पक्ष यहाँ पाइने दुर्लभ प्रजाति चरा सारस पनि हो । यसका लागि गुरुयोजना अनुसार लुम्बिनी एकसय हेक्टर भूमिलाई सारस संरक्षणका लागि सिमसार क्षेत्र बनाइएको छ । जसलाई क्रेन फाउण्डेशन अमेरिकाको सहकार्यमा सारस संरक्षणको प्रयासको थालनी गरिएको छ । लुम्बिनीभित्र र बाहिरी ग्रामीण क्षेत्रमा करिब ५ सय सारस पाइने गर्दछ ।
सिमसार पृथ्वीको वातावरणीय सन्तुलन र जैविक विविधताका लागि अत्यन्त महत्वपूर्ण छ । यो सारस लगायत अनेक प्रजातिका लोपोन्मुख चरा र घसरने स–साना जनावरहरुको बासस्थान पनि हो । सिमसार क्षेत्रले भूमिगत जल संचयदेखि तापक्रम सन्तुलन राख्न समेत प्रभावकारी भूमिका खेल्छ । यसमा कालानमक जस्ता कतिपय महत्वपूर्ण धान समेत उपज हुने गर्छ । कालानमक धान नेपालको लुम्बिनी र कपिलवस्तु क्षेत्रमा पाइन्छ । यो धनी र राजा महाराजाहरुले खाने गर्छन् । यसलाई बुद्धकाल देखिकै धान र राजा शुद्धोधन एवं बुद्धले पनी खाने गरेको अनुमान गर्न सकिन्छ ।
लुम्बिनी र कपिलवस्तुका सिमसार क्षेत्रमा तिननी तिनना भन्ने धान हुने गर्छ जुन सारसको मुख्य आहार हो र यो धान नै आधुनिक धान हो । कयसैले अनुमान गरौ सिमसार कति महत्वपूर्ण छ । जगदीशपुर लगायत नेपालका कयौं ताल सिमसारमा सुचीकृत छन । जुन पर्यावरण र पर्यटनका लागि महत्वपूर्ण छ । यसरी पनि लुम्बिनी क्षेत्र चरा र जैविक विविधताका लागी कति महत्वपूर्ण छ भन्ने सजिलै अनुमान गर्न सकिन्छ ।
लुम्बिनीको अर्को महत्वपूर्ण पक्ष, बुद्ध र सारसबीचमा दया र करुणा जोडिए अनुसार बुद्धका काकाका छोरा देवदत्तले वाणले घाइते बनाएको सारसलाई बुद्धले औषधि गरी जीवित तुल्याएको घटनाले पनि लुम्बिनी सारसको प्रिय स्थल बन्न पुगेको अनुमान गर्न सकिन्छ । लुम्बिनी क्षेत्रमा सारसपछि स्थानीय चराहरुमा भुडीफोड, गरुड, धोधीफोड, हुटीट्याउँ, भँगेरा, बगेडी, सिलसिले, चिल, कृष्णकांड, निलकंठ लगायत सयौं प्रकार रैथाने जातका चराहरु पाइन्छ ।
लुम्बिनी क्षेत्रमा न्यानो घाम, तालतलैया र नदी एवं खेतबारीमा टन्न आहार पाइने र नहर पोखरी आदिमा जलबिहारको आनन्द लिने अनुकुल वातावरण भएको हुँदा लुम्बिनी चराहरुको आकर्षणको केन्द्रबिन्दु बन्दै गएको छ ।
लुम्बिनी विकास गुरुयोजनाले निर्दिष्ट गरे अनुसार लुम्बिनीमा ६० प्रतिशत भुभाग हरित क्षेत्र, ४० प्रतिशत क्षेत्र नहर पोखरी एवं सुन्दर उद्यान भएको हुँदा लुम्बिनी चराहरुको स्वर्ग बन्दै गएको कुरा लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई बताउँछन् ।
सुन्दर लुम्बिनी, रमाइलो र घमाइलो वातावरणमा रमाउँदै हजारौं माइल टाढाबाट आउने पाहुना चरा र रैथाने जातका चराहरुको चिरविराहट लुम्बिनीमा बेग्लै आनन्द छ । विश्वबाट कतिपय पर्यटक, चराविद् तथा चराहरुको बारेमा अनुसन्धान गर्नेहरु वर्षेनी सयौंको संख्यामा लुम्बिनी र वरपरका तालतलैया क्षेत्रमा आउने गर्दछन् । चराको आवाजमा आकर्षण, चरा हेरेर कतिपय सिर्जनात्मक काम गर्न सकिने हुँदा चराप्रेमीहरुका लागि लुम्बिनी एउटा बेग्लै स्वर्ग हो ।
लुम्बिनी बौद्धमार्गी र विश्वका शान्तिप्रेमी समुदायको स्वर्ग मात्र नभइ चराहरुको पनि स्वर्ग समान छ । लुम्बिनीको शान्त वातावरण, हरियाली वनस्पति, फूल बगैचा र विशेष गरी चराहरुको आकर्षणका लागि बनाइएका नहर र पोखरी आदिले गर्दा लुम्बिनी चराहरुको स्वर्गको रुपमा रहेको छ ।
लुम्बिनी क्षेत्रमा न्यानो घाम, तालतलैया र नदी एवं खेतवारीमा टन्न आहार पाइने र नहर पोखरी आदिमा जलबिहारको आनन्द लिने अनुकुल वातावरण भएको हुँदा लुम्बिनी चराहरुको आकर्षणको केन्द्रबिन्दु बन्दै गएको छ ।
लुम्बिनी विकास गुरुयोजनाले निर्दिष्ट गरे अनुसार लुम्बिनीमा ६० प्रतिशत भुभाग हरित क्षेत्र, ४० प्रतिशत क्षेत्र नहर पोखरी एवं सुन्दर उद्यान भएको हुँदा लुम्बिनी चराहरुको स्वर्ग बन्दै गएको कुरा लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई बताउँछन् ।
सुन्दर लुम्बिनी, रमाइलो र घमाइलो वातावरणमा रमाउँदै हजारौं माइल टाढाबाट आउने पाहुना चरा र रैथाने जातका चराहरुको चिरविराहट लुम्बिनीमा बेग्लै आनन्द छ । विश्वबाट कतिपय पर्यटक, चराविद् तथा चराहरुको बारेमा अनुसन्धान गर्नेहरु वर्षेनी सयौंको संख्यामा लुम्बिनी र वरपरका तालतलैया क्षेत्रमा आउने गर्दछन् । चराको आवाजमा आकर्षण, चरा हेरेर कतिपय सिर्जनात्मक काम गर्न सकिने हुँदा चराप्रेमीहरुका लागि लुम्बिनी एउटा बेग्लै स्वर्ग हो ।

Facebook Comments