देशभर १०४३ नयाँ संक्रमित थपिए, १२ जनाको मृत्यु

असोज २०, काठमाडौं ।

देशभर पछिल्लो समय १५ हजार ४ सय ६५ जनाको कोरोना परीक्षण गर्दा थप १ हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट १२ जनाको मृत्यु भएको छ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय ९२ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै, ८ सय ९१ जना कोरोना मुक्त भएका छन्।

काठमाडौं उपत्यकामा ४ सय ४० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। जसअनुसार काठमाडौंमा ३ सय ४४,भक्तपुरमा ३५ र ललितपुरमा ६१ जना संक्रमित रहेका छन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *