सुन तोलामा ५ सय रुपैयाँले बढ्यो

असोज १९,काठमाण्डाै ।

सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ । केही दिनयता घटेको सुनको भाउ आज भने तोलामा ५ सय रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा ९० हजार ३ सय रुपैयाँ तोकिएको छ ।

हिजो सुनकाे भाउ ८९ हजार ८ सय रुपैयाँ थियो । चाँदीको भाउ भने आज पनि स्थिर छ । तीन दिनदेखि चाँदी तोलामा ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *