सम्पादक कूलमणि ज्ञवाली सम्मानित

उद्योग व्यापार संगठन रुपन्देहीद्वारा स्थापित सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार–२०७८ बाट गौतमबुद्ध सन्देश दैनिकका सम्पादक कुलमणि ज्ञवाली सम्मानित भएका छन् । सिद्धार्थनगरलाई कर्मथलो बनाएर वि.सं. २०५२ सालदेखि निरन्तर क्रियाशिल भइ उद्योग, व्यापार, पर्यटन, कृषि तथा सामाजिक क्षेत्रको विकासका लागि पत्रकारिता क्षेत्रमार्फत योगदान पु¥याएको भन्दै पत्रकार ज्ञवालीलाई नगद ११ हजारसहित सम्मान–पत्रद्वारा सम्मान गरेको हो । उनलाई पूर्व उपप्रधान एवं अर्थमन्त्री तथा नेकपा (एमाले)का उपमहासचिव विष्णुप्रसाद पौडेल र संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीले पुरस्कार प्रदान गरेका हुन् । त्यस्तै उद्योग व्यापार संगठन, रुपन्देही र लुम्बिनी प्रेस क्लबको सहकार्यमा स्थापित सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार अक्षय कोष स्थापना गरिएको छ । कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीलाई अक्षयकोष वापतको रु. ५१ हजार हस्तान्तरण गरिएको र अक्षयकोषमा प्रत्येक वर्ष थपिदै जाने संगठनका महासचिव अनिल कुमार ज्ञवालीले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *