उद्योगी व्यवसायीको हकहित सुनिश्चित गर्न मेरो उम्मेदवारी

उद्योग व्यापार संगठन रुपन्देहीको १४ औं वार्षिक साधारणसभा तथा सातौ अधिवेशन यही असोज ९ गते शनिवार भैरहवामा हुँदैछ । अधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । कार्यतालिका सार्वजनिक भएसंगै विभिन्न पदका आकांक्षीहरुले उम्मेदवारी दिने घोषणा गर्न थालेका छन् । स्थापनाकालदेखि हालसम्मको अवधिमा सहमतिमै संगठले कार्यसमिति टिम निर्वाचित हुँलै आएको छ । आगामी दिनमा संगठन कसरी अगाडी बढ्ला ? यो चासोको विषय बनेको छ ।
गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ थोग्रामा जन्मिएर २०५७ सालदेखि भैरहवालाई कार्यक्षेत्र बनाउँदै आएका अनिल कुमार ज्ञवालीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ स्थित आखाँ अस्पतालमा सिद्धार्थ होटल रेष्टुरेण्ट एण्ड लज सञ्चालन गर्दै आएका छन् । यससँगै होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका संस्थापक अध्यक्ष, उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष, माण्डव्य सेवा समिति रुपन्देहीको सचिव, गुल्मेली सम्पर्क समाजको सदस्य, लायन्स क्लब अफ भैरहवाको सदस्य, नियमित रक्तदाता संघ सिद्धार्थनगरका सल्लाहकार लगायत अन्य विभिन्न सामाजिक संस्थाहरुमा ज्ञवालीले जिम्मेवारी बहन गर्दै आएका छन् ।
उद्योग व्यापार संगठन रुपन्देहीको स्थापनाकालदेखि नै विभिन्न जिम्मेवारी सम्हाल्दै आएका ज्ञवालीले ६ वर्ष सचिवालय सदस्य, ४ वर्ष कोषाध्यक्ष र ५ वर्ष महासचिवको भूमिका निर्वाह गरेका छन् । संगठनको आसन्न अधिवेशनका विषयमा रहेर संगठनका महासचिव तथा अबका अध्यक्ष पदका दावेदार अनिल कुमार ज्ञवालीसंग गौतमबुद्ध सन्देश दैनिकले गरेको कुराकानीको सम्पादित अशं ः

१. तपाईले आसन्न अधिवेशनमा अध्यक्ष पदमा उम्मदवारी दिदै हुनुहुन्छ, किन ?
सम्पूर्ण उद्योगी व्यवसायीको हकहितलाई सुनिश्चित गरी उहाँहरुलाई एकताबद्ध बनाई उद्योग व्यापार संगठन रुपन्देहीमा सम्पूर्ण व्यवसायीका समस्याहरु कर, प्रशासन, लगायतका समस्याहरुलाई सहज रुपमा समाधान र निकासका लागि साथै सम्पूर्ण कार्यसमिति सदस्यहरुलाई पनि एकजुट बनाई सबैलाई मिलाएर लैजाने उदेश्यकासाथ अध्यक्षको पदमा उम्मेदवारी दिदैछु ।
२. तपाईले जित्ने आधार के छ ?
संस्थाको स्थापनाकालदेखि नै यस संगठनमा आबद्ध भई ६ बर्ष सचिवालय सदस्य, ४ वर्ष कोषाध्यक्ष र ५ वर्ष महासचिव पदमा रहि सम्पूर्ण उद्योगी व्यवसायीको घरदैलोमा पुगि उहाँहरुको हकहितका लागि उहाँहरुसँग हातेमालो गरी अगाडी बढेको छु । साथै कार्यसमितिका सम्पूर्ण साथीहरु, अध्यक्षज्यू, निवर्तमान अध्यक्षज्यू, पूर्व अध्यक्षज्यूहरु, सल्लाहकारज्यूहरु, परामर्श समिति, बजार प्रबद्र्धन समिति, विभिन्न शाखा, संस्थागत एवं वस्तुगत समिति लगायत सम्पूर्ण उद्योगी व्यवसायीहरुले साथ र सहयोग दिनुहुनेछ भन्ने पूर्ण विश्वास गरेको छु ।
३. तपाईका भावी योजनाका बारेमा बताइदिनुहोस् न ।
मेरा प्रमुख योजनाहरुमाःउद्योग व्यापार संगठन रुपन्देहीलाईस्थानीय, प्रदेश र संघीय सरकारसंग समन्वय गरी प्रत्येक निकायमा संगठनको प्रतिनिधित्व गराउने । विभिन्न ठाउँमा संगठनको कार्यक्षेत्र विस्तार गरी दर्ता नविकरण कार्यलाई तीव्रता दिने । शाखा कार्यालय र सम्पर्क कार्यालय विस्तार गर्ने । उद्योगी व्यवसायीहरुका समस्याहरु समाधान गर्न पहल गर्ने हो । त्यस्तै विभिन्न व्यापार प्रबद्र्धन, कार्यशाला गोष्ठी, अन्तरक्रिया लगायत कार्यहरु गरी उद्योगी व्यवसायीहरुका समस्याहरु पहिचान गरी त्यसको समाधान गर्ने । स्वदेशी वस्तुको उत्पादन, विक्रीको व्यवस्था गरी आत्मनिर्भर बनाउन प्रेरित गर्ने । भारतीय बजारमा सामान किन्ने कार्यलाई निरुत्साहित गरी यस क्षेत्रका व्यवसायीहरुको व्यापार प्रबद्र्धनमा सहयोग पु¥याउने खालको कार्यक्रम ल्याउने मेरा योजनाहरु हुन् ।
४. कस्तो नेतृत्वको आशा गर्नुभएको छ ?
मलाई सहयोग गर्ने साथीहरु, एक जुझारु टिमर युवा वर्गलाई समेटेर त्यसमा पनि समावेशी खालको टिमको आशा गरेको छु । अग्रजहरु, पूर्व अध्यक्ष, निवर्तमान अध्यक्षहरुको सल्लाह सुझाव लिई कार्यहरु गरिनेछ ।
५. कार्यक्रम कसरी सम्पन्न हुँदैछ ?
अधिवेशन हो । विभिन्न पदहरुमा आकांक्षी साथीहरु धेरै हुनुहुन्छ । सकेसम्म सबैलाई समेटेर लैजाने कोशिस गर्नेछौ । संगठनको विधान संगत साधारण सदस्य कार्यसमिति सदस्यमा, कार्यसमिति सदस्य पदाधिकारीमा र पदाधिकारी अध्यक्षमा जाने भएकोले पक्कै पनि कार्यसमितिका साथीहरु सहमतिमा आउनुहुनेछ भन्ने अपेक्षा लिएको छु । सहमति भयो भने हामी सबै अट्न सक्छौ नत्र प्रजातान्त्रिक प्रक्रियाको विकल्पमा पनि जान सक्छौ ।
अन्तमा, यस उद्योग व्यापार संगठन रुपन्देहीको १४ औं वार्षिक साधारणसभा तथा सातौ अधिवेशन भव्य रुपमा सफल पार्नको लागि संगठनमा आबद्ध सम्पूर्ण उद्योगी व्यवसायी, शुभचिन्तकज्यूहरुमा अनुरोध गर्दछु ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *