संस्थालाई अझै गतिशिल बनाउन मेरो उम्मेदवारी

उद्योग व्यापार संगठन। रुपन्देहीको १४ औं वार्षिक साधारणसभा तथा सातौ अधिवेशन यही असोज ९ गते शनिबार भैरहवामा हुँदैछ । यसै अधिवेशनको सन्दर्भमा रहेर शारदा फनिर्सिङ्ग एण्ड ट्रेड कन्सर्न भैरहवाका प्रोपाइटर , विभिन्न सामाजिक संस्थाहरुमा आबद्ध व्यक्तित्व, उद्योग व्यापार संगठनका सचिव तथा आगामी कार्यकालका सचिव पदका दावेदार टिकाराम भट्टराई सँग गौतमबुद्ध सन्देश दैनिकले गरेको कुराकानीको सम्पादित अशं ः
१.तपाईको सचिव पदमा उम्मेदवारी किन ?
संस्थालाई गतिशिलता दिन । व्यवसायीहरुको हकहितका लागि काम गर्नु र संस्थाको गतिशिलतालाई अझ गतिशिल बनाउनका लागि मेरो उम्मेदवारी हो । अझ भन्नुपर्दा सचिव भन्दा माथिको पदमा उम्मेदवारी दिने चाहना हुँदाहुँदै पनि साथीहरु सबैलाई मिलाएर लैजान भनेर साथीहरुको सल्लाह÷ चाहना अनुसार नै मैले यो पदमा उम्मेदवारी दिदैछु ।
२. तपाइले जित्ने आधार के छ ?
मेरो काम, स्थापनाकालदेखि नै यस संगठनमा नेतृत्व तहमा रहेकोले पनि मेरा जित्ने आधारहरु छन् । स्थापनाकालमा सल्लाहकार त्यसपछि क्रमशः सदस्य, कोषाध्यक्ष हुँदै सचिव पदको जिम्मेवारी सम्हाल्दै आइरहेको छु । यस अवधिमा मैले गरेको योगदानलाई बुझेर पुनः सचिव पदमा मलाई संस्थामा आबद्ध व्यवसायीहरुले जिम्मेवारी दिनुहुनेछ ।
३. कस्ता एजेण्डा राखेर चुनावी माहोलमा लाग्नुभएको छ ?
हामी सामूहिक एजेण्डा अनुसार संस्था र उद्योगी व्यवसायीहरुको हकहितका लागि काम गर्नेछौ ।
४. अबको कस्तो नेतृत्व चाहनुहुन्छ ?
अहिलेसम्म युवाहरुले नै नेतृत्व गरिरहनुभएको छ । युवाहरुको जोस जाँगरले नै संस्था यो स्थानसम्म पुग्न सफल भएको हो । आगामी दिनमा पनि सशक्त रुपमा सक्षम नेतृत्व चयन हुनेछ । यस क्षेत्रमा चुनौतिहरु धेरै छन् । ती चुनौतिहरुलाई सामना गर्दै हामी अगाडि बढ्नेमा आशावादी छु ।
५. अन्तमा के भन्न चाहनुहुन्छ ?
अन्तमा, समस्त उद्योगी व्यवसायीहरुले मलाई स्थापनाकालदेखि नै मलाई सहयोग गर्दै आउनुुभएको छ । यो पटक पनि मलाई सहयोग गर्नुहुनेछ भन्ने पूर्ण आशावादी छु ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *