लुम्बिनी सहित आज पाँच वटा प्रदेशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने

असोज १, भैरहवा ।

अहिले काठमाण्डौ उपत्यकामा हल्का पानी परिरहेको छ । आज बेलुकासम्म नै काठमाण्डौ उपत्यकामा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा र बाँकी प्रदेशको केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

राति पनि देशभरको मौसम बद्ली भइ केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । भोलि बेलुकासम्म देशभरको मौसम बदली भइ सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

भोलि रातिदेखि भने देशभरको मौसम सुधार हुँदै जाने उहाँले बताउनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *