सुनको भाउ आज एकैदिन १४ सय रुपैयाँले घट्यो

असोज १, काठमाण्डाै ।
सुनको भाउ आज एकैदिन १४ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९० हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ आज १४ सय रुपैयाँले घटेर ८९ हजार एक सय रुपैयाँमा झरेको हो । हिजो पनि सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको थियो । यस्तै, आज चाँदीको भाउ पनि आज घटेको छ ।

तोलामा ३० रुपैयाँले घटेर चाँदीकाे भाउ आज ११ सय ७० रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *