युवा समाज परिवर्तनका संवाहक हुन्

श्रीधर बस्याल
अध्यक्ष, लियो क्लब अफ बुटवल गोल्डेन जुब्ली

१. तपाई क्लबमा आबद्ध हुनुको उद्देश्य के हो ?
म क्लबमा आबद्ध हुनुको मुख्य उद्देश्य मुख्यतः आफ्नो व्यक्तित्व र नेतृत्व विकास नै हो । त्यस्तै समाज रूपान्तरणका निम्ति संगठित भइ तन, मन, वचन र कर्मले लाग्नु हो ।
२. तपाईको कार्यकाल कसरी अगाडि बढिरहेको छ ?
लियो क्लब अफ बुटवल गोल्डेन जुब्ली वर्ष २०२१÷२०२२ को सुरूवाती चरणमै मलाई सम्पूर्ण पदाधिकारी लगायत सम्पूर्ण क्लबका सदस्यहरुले साथ, सहयोग र हौसला प्रदान गरेका हुन् । तसर्थ मेरो कार्यकाल उत्कृष्ट भइरहेको म आफुलाई महसुस गरेको छु । यस सफलतामा क्लब परिवार लगायत सम्पूर्ण सहयोगी आभार प्रकट गर्दछु ।
३. सामाजिक संस्थाको नेतृत्व गर्न कति जटिल हुँदोरहेछ ?
सामाजिक संस्थाको नेतृत्वको कुरा गर्नुपर्दा समाज रूपान्तरणको प्रयास हो । तसर्थ नेतृत्व गर्न यसै पनि सहज छैन् किनभने हामी आफू व्यक्ति, आफ्नो परिवार मिलाउन त कठिन विषय हो । झन हामी त सिंगो समाज नै परिवर्तनका साथ अगाडी बढेका छौं ।
हामी सामाजिक कार्यक्रम गर्दै गर्दा विभिन्न सरकारी, सामाजिक राजनैतिक संथाहरूसंग आवश्यक सुझाव सल्लाह लिनुपर्नेदेखि लिएर कार्यक्रम गर्दै गर्दा विभिन्न ठाउँमा प्रतिवेदन समेत पेश गर्नुपर्ने साथै आवश्यक स्रोतसाधन समेत व्यवस्थापन गर्नुपर्ने हुन्छ । तसर्थ सामाजिक संथाको नेतृत्व गर्न तेति सहज भने छैन ।
४. क्लबमा किन आबद्ध हुनुपर्छ भन्ने लाग्छ ?
‘एक थुकी सुकि, हजार थुकी नदी’ भनेझै सर्वप्रथम त आफ्नो व्यक्तित्व साथै आफ्नो नेतृत्व विकासका निम्ति हरेक युवा संगठित हुनुपर्छ । किनकी संगठित भइ काम गर्दै गर्दा हरेक क्षेत्रमा आफ्नो क्षमता अभिवृद्धि हुने साथै समाजमा आफ्नो नामका पछाडी एक पहिचान बोक्न सफल भइन्छ । जसका कारण आत्मसन्तुष्टि साथै आत्मविश्वासमा समेत वृद्धि हुन्छ । तसर्थ हामी युवा संगठित भइ समाज रूपान्तरणका निम्ति मन, वचन र कर्मले भ्याएसम्म लाग्नुपर्ने देखिन्छ ।
५. अन्तमा, आम युवा वर्गलाई के सन्देश दिनुहुन्छ ?
हरेक प्राणी धर्तीमा जन्म लिन्छ, तर आफ्नो लागि मात्र बाँच्ने भए हामी मानिस भएर जन्म लिनुको के अर्थ ? तसर्थ सम्पूर्ण युवाहरुलाइ म के आग्रह गर्दछु भने हामी संगठित भइ समाजका हरेक विकृति, विसंगतीविरूद्ध आवाज उठाउनेदेखि लिएर सकेसम्म प्रत्यक्ष रूपमासमाज परिवर्तनका निम्ति लागौं भन्ने अनुरोधका साथै सुझाव सल्लाह गर्दछौं । हामी युवा भनेको देश र समाज परिवर्तनको संवाहक हौं भन्ने मलाई लाग्छ । तसर्थ हरेक क्षेत्रका युवाहरूलाई तपाईं सकारात्मक सोच लिएर आउनुहोस् । हामी हाम्रो क्लब लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीमा क्लब परिवारतर्फबाट हामी तपाईंहरूलाइ स्वागत गर्न चाहन्छौ ।
प्रस्तुती ः जिवन थापा क्षेत्री

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *