वृज सिमेन्टद्वारा पाँचलाख प्रदान

गौतमबुद्ध सन्देश
भैरहवा, ३१ भदौ ।

घरले च्यापिएर मृत्यु भएका मृतकका परिवारलाई वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.ले आर्थिक सहयोग गरेको छ । घरले च्यापिएर ज्यान गुमाएका प्युठानको नौबहिनी गाउँपालिका–१, स्याउलीवाङका ३९ वर्षिय बोम बहादुर मल्लको परिवारलाई प्रा.लि.ले पाँचलाख रुपैयाँ प्रदान गरेको हो ।
निर्माण व्यवसायी स्व. बोम बहादुर मल्लको छोरी कुमारी मल्ललाई बिहीबार भैरहवामा वृज सिमेन्टका बजार प्रतिनिधिद्वय नारायण जि.सी. र पशुपति पौडेलले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
आफ्नो घरमा खरको छाना हटाएर जस्तापाता राख्ने क्रममा घरले च्यापिएर २०७८ जेठ ८ गते बोम बहादुर मल्लको मृत्यु भएको उनका भिनाजु अशोक बुढामगरले बताए । उनले वृज सिमेन्टले दिएको रकमले ठूलो राहत प्रदान हुने बताए ।
कम्पनीको एक्सपर्ट मेसन क्लब योजना अन्तर्गत निर्माण व्यवसायीलाई कम्पनीले गरिदिएको दुर्घटना बीमावापतको रकम मृतकका परिवारलाई प्रदान गरिएको कम्पनीका सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर नुमेन्द्र पौडेलले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *