खुशी त्यतिबेला मिल्छ जब कोभिडलाई जितेर बिरामी डिस्चार्ज भएर घर जान्छन ः डा.रिसाल

चिकित्सकलाई सबैले भगवानको रुपमा हेरेको पाइन्छ । अझ कोभिड संक्रमणको अवस्थामा त चिकित्सकहरुले आफू नै उच्च जोखिममा रहेर पनि कोभिड–१९ संक्रमण भएका बिरामीको ज्यान जोगाएको यथार्थता हामी माझ छदैछ, यसले चिकित्सकहरुको छवि अझ उच्च भएको छ । यसरी आफू कोभिड संक्रमित भएर निको भएपछि पनि बिरामीको सेवामा अहोरात्र खट्ने चिकित्सक, एचआईभी संक्रमितका लागि दिनरात नभनी सेवा दिने भेरी अस्पतालका कोभिड फोकलपर्सन साथै भेरी अस्पतालका एचआईभी फोकलपर्सन वरिष्ठ पेट कथा कलेजोरोग विशेषज्ञ डा. संकेत कुमार रिसालसंग गौतमबुद्ध सन्देश राष्ट्रिय दैनिकका लागि गोपाल बन्जाडेले गरेको कुराकानीको अशं ः

 कुनै समय थियो यहाँका जनतालाई स्वास्थ्य सेवा दिनुभएको थियो पछि जन्मथलोमै कर्मथलो बनाउनुभयो, रुपन्देही छोडनैपर्ने त्यस्तो कुनै विशेष कारण थियो कि भेरीको माया लाग्यो डा.साव ?
म भैरहवा आएर केही समय मेडिकल कलेजमा काम गरे । म यहाँ बसुञ्जेल यहाँका जनता, मेडिकल कलेजको टीम सबैले माया गर्नुभएको हो । मैले भैरहवा छोडनपर्ने त्यस्तो विशेष कारण र अवस्था त थिएन तर पनि मेरी वृद्ध आमाको साथमै बसेर मेरो जन्मथलोमै काम गर्न मेरो मनले देख्यो र नेपालगञ्ज गएँ र भेरी अस्पतालमा काम गर्न थालेँ ।
 कोभिड संक्रमणले नेपालमा निकै नै क्षति ग¥यो पछिल्लो समय तपाई लगायत भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमा के कस्ता जोखिमपुर्ण अवस्थाहरु आए ?
पक्का पनि कोभिडले निकै क्षति ग¥यो । हामी चिकित्सक र स्वास्थ्यकर्मी लगभग सबैजसो संक्रमित पनि भयौं । यसका बाबजुद पनि हामीले विरामीको सेवा गर्न छोडेनौ । अस्पताल कोभिडका बिरामीले भरिभराउ भयो । हामीले भेरि अस्पतालबाहिर पाल टाँगेर पनि बिरामीलाई स्वास्थ्य सेवा प्रदान ग¥यौँ । यो हाम्रो चिकित्सकीय धर्म र दायित्व थियो ।
 तपाई भेरी अस्पतालको कोभिड फोकल पर्सनका रुपमा पनि काम गर्नुभयो फोकलपर्सनका रुपमा काम गर्दाको तीता मीठा अनुभव केही छन ?
म अहिले पनि भेरी अस्पतालको कोभिड फोकलपर्सन नै हुँ । यसरी काम गर्दा जब गम्भिर भएर बिरामी आउँछन त्यसबेला निकै भावुक बनिदो रहेछ खुशी त्यति बेला मिल्छ जब कोभिडलाई जितेर बिरामी डिस्चार्ज भएर घर जान्छन । अर्को नमीठो पल भनेको कोभिड संक्रमित १ जनाको मृत्यु हुँदा उनका परिवारबाट चिकित्सक र नर्सिङ्ग स्टाफमाथिको आक्रमण । यद्यपी उहाँहरु कारवाहीको दायरामा आउनुभएको छ । त्यस्तो कार्य हुनु भनेको राम्रो होइन ।
 विषय बदल्न चाहेँ डा. साव तपाई पेट तथा कलेजोरोग विशेषज्ञ हुनुहुन्छ कोभिडका बिरामीलाई पनि उत्तिकै स्नेहपुर्वक उपचार गर्नुहुन्छ, एचआईभी फोकलपर्सन भएर संक्रमितका लागि पनि काम गर्नुहुन्छ जताततै अनुभव बटुलनमै लाग्नुभएको छ । खास कारण के हो ?
यसमा त्यस्तो कुनै खास कारण छैन । म पेट तथा कलेजो रोग विशेषज्ञ पछि भएको हुँ । सुरुमा म चिकित्सक हुँ । मैले सबै बिरामी हेर्नुपर्छ । कोभिडका बिरामी हेर्नु मेरो मात्र काम नभएर सबै चिकित्सकले गर्नुभएको छ । यो चिकित्सकीय धर्म र दायित्व हो । समाज २१ औ शताब्दीमा हुँदा पनि एचआईभी संक्रमितलाई जुन खालको हेयभावको अवस्था थियो त्यसलाई केही कम गर्दै हटाउनुपर्छ भन्ने लागेर उहाँहरुसंग काम गर्न मन लाग्यो ।

 नेपालमा अहिले एचआईभी संक्रमितमा हेयभावको अवस्था कस्तो छ ?
मलाई लाग्छ अहिले सामाजिक भेदभाव धेरै कम भइसकेको छ केही कतै होला बरु संक्रमितमा नै स्वयं हेयभाव छ जस्तो लाग्छ । किनभने कतिपयले एआरटी खान जाँदा कसैले चिन्छन कि भन्ने त्रास कोहीकोहीमा छ जस्तो लाग्छ । उहाँहरुले ती कुराहरुको वास्ता नगरी एआरटी सेवन गर्न म अनुरोध गर्दछु ।
 नेपालगंजमा बसेर भविष्यको योजना के बनाउनुभएको छ ?
एउटा चिकित्सकको के नै योजना हुन्छ र उही हो बिरामीलाई कसरी निको बनाउने, विरामीलाई कसरी सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने, स्वास्थ्य सेवालाई अझ जनताको पहुँचमा कसरी पुराउन सकिन्छ भनेर चिन्तन गर्ने र सम्बन्धित ठाउँसम्म ती कुराहरु राख्ने यिनै हुन मेरा योजना ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *