तम्घास बजारमा बढ्यो चहलपहल

गौतमबुद्ध सन्देश
गुल्मी, २४ भदौ ।
कोरोना महामारीका कारण बन्द र सुनसान बनेको बजारमा विस्तारै चहलपहल सुरु हुन थालेको छ । गुल्मीको सदरमुकाम तम्घासमा कोरोना महामारीको नियन्त्रणका लागि चलेको निषेधाज्ञाले बन्द र सुनसान बजार खोल्न दिने निर्णयले बिस्तारै चहलपहल बढन थालेको हो । गत वैशाखबाट कोरोना महामारीका कारण जारी निषेधाज्ञालाई सबैखाले पसल व्यवसाय खोल्न दिने निर्णय तम्घासबजार सहित मुख्य बजारमा चहलपहल बढन थालेको छ ।
हिन्दू महिलाहरुको महान पर्व तिज पर्वको लागि किनमेल गर्नेहरुले पनि बजारमा चहलपहल बढेको हो । तीज पर्व मनाउन कपडा पसल तथा खाद्यान्न पसलहरुमा चहलपहल बढी देखिन्छ । झण्डै ५ महिनासम्म सुनसान जस्तै बनेको तम्घास बजार निषेधाज्ञा खुकुलो बनाइएका कारण जिल्लाका ग्रामीण बस्तीबाट किनमेल गर्न आउनेहरुको कारण विस्तारै चहलपहल बढ्ने गरेको हो ।
निषेधाज्ञा खुले पनि कोरोना संक्रमणको त्रासले चाडपर्वको समयमा व्यापार नभएको व्यवसायी रविना खातुनले बताइन । अघिल्ला वर्षहरुमा जस्तो व्यपार नहुने गरेको र कोरोनाका कारण वर्षेनी व्यापार घट्दै गएको उनको भनाइ छ ।
चाडपर्वको समय भए पनि कोरोना भाईरसको जोखिम कायम रहेकै समयमा किनमेल गर्ने बजारमा आउने गरेका छन् । कोरोना संक्रमणकै त्रासले होटल व्यवसायीहरु पनि मर्कामा परेका छन् । बजारमा मानिसहरुको आवागमन बढेको भए पनि व्यापार नभएको व्यवसायीको गुनासो छ । बजारमा चहलपहल बढेसंगै कोरोना भाइरसको संक्रमण फैलिने हो की भन्ने स्थानीयमा चिन्ता छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *