भैरहवामा एभरेष्ट मेडिकेयर प्रा.लि को शुभारम्भ

भुवन आचार्य
१४ भदौ, भैरहवा ।

रुपन्देहीको भैरहवामा एभरेष्ट मेडिकेयर प्रा.लि ले आफ्नो सेवा शुभारम्भ गरेको छ । सिद्धार्थनगर नगरपालिका –७ नया सडकमा शुभारम्भ गरिएको उक्त संस्थाबाट फार्मेसी सहित महिला तथा प्रशुति रोग विशेषज्ञ सेवा, नाक कान घाटि रोग विशेषज्ञ सेवा र दन्त रोग विशेषज्ञ सेवा प्रदान गरिने संचालक धर्मेन्द्र बरुणले बताए ।

बिशेषगरि महिलाहरुले महिला तथा प्रशुती रोगको उपचार नपाएर अकालमा ज्यान गुमाउने अवस्था नआओस् भन्ने उदेश्यले महिला तथा प्रसुती रोगको उपचारलाई प्राथमीकता राखिएको संञ्चालक बरुणले बताए ।
सञ्चालक बरुणले यस अघि पनि सिद्धार्थनगर नगरपालिका–७ नया सडक मा एभरेष्ट डेन्टल सञ्चालन गर्दै आएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *