ठुला स्वास्थ्य संस्थाले चाहेको खण्डमा अंग प्रत्यारोपण यहीबाट सुरु गर्न सकिन्छ : डा. प्रविण जोशी


शरीरको भित्री अंगमा केही समस्या आइपरेमा र औषधीको माध्यमबाट त्यो रोगको उपचार नहुने अवस्था चिकित्सकहरुले देखेमा शल्यक्रिया (अपरेशन) गर्ने सुभाव दिने गर्दछन । शल्यक्रियाका विधि, त्यसमा लाग्ने खर्च लगायतका विषयमा क्यान्सर तथा अंग प्रत्यारोपण शल्यचिकित्सक वरिष्ठ सर्जन प्रविण जोशीसंग गौतमबुद्ध सन्देश दैनिकका लागि गोपाल बन्जाडेले गरेको कुराकानीको सम्पादित अंश ः

सर्जन नै बन्ने चाहना किन भयो ?अन्य विषय किन रोज्नु भएन ?
मैले मेडिकल अफिसर भएर काम गर्दा प्राय म एनाटोनी विभागमा काम गरेँ । एनाटोमी विभागमा काम गर्दा गर्दै होला सायद मेरो बढी लगाव सर्जरीतर्फ भयो । त्यसैले म सर्जन बन्न पुगेँ ।

तपाई जस्ता अब्वल चिकित्सकहरुलाई भैरहवामा किन बस्न मन पदैैन ?
मलाई यहाँ बस्न मन नपरेको होईन । म यही जन्मेँ, यही हुर्केँ, पढेँलेखेँ मैले यस क्षेत्रलाई कसरी भुल्न सक्छु र ? जब म सर्जन भएँ मैले यही आएर सेवा दिएको हुँ । त्यसपछि म अंग प्रत्यारोपणको तालिमको लागि कोरिया गएँ । तालिम पश्चात म केही समय काठमाँडौ बसे । किन भने अंग प्रत्यारोपण गर्नै सुविधा यस क्षेत्रमा थिएन र हालसम्म पनि छैन । त्यसपछि म लगायत टीमले चितवनमा अंग प्रत्यारोपणको काम सुरु ग¥र्यौ । चितवन यहाँबाट नजिक भएको हुँदा समय समयमा जान्छु । म हालको अवस्थामा रुपन्देहीमै छु । मैले मेरो भाग्यले साथ दि सम्म आफ्नै ठाउँमा बसेर सेवा गर्ने छु ।

डा.साव अंग प्रत्यारोपणमा पनि विशेष दख्खल राख्नुहुन्छ । अंग प्रत्यारोपण गर्न कस्ता कस्ता चुनौती छन ? कानूनी प्रावधान केके छन? यस क्षेत्रमा यो सम्भव छ कि छैन ?
सुरुवाती अवस्थामा निकै कठिन भयो किनभने अंग प्रत्यारोपण सम्वन्धि कानून नेपालमा बनेको थिएन । पछि कानुन बन्यो र सहज भएको छ । कानुनी हिसाबले त सहज छ तर अंग प्रयारोपण गर्ने काम चुनौतीपूर्ण काम पनि हो । यो टीममा गर्ने काम हो । यस क्षेत्रमा अंग प्रत्यारोपणको काम गर्नका लागि असम्भव पक्कै छैन तर व्यक्तिले चाहेर मात्र हुँदैन । यदी यहाँका ठूलाठूला स्वास्थ्य संस्थाहरुले चाहेको खण्डमा अंग प्रत्यारोपण यहीबाट सुरु गर्न सकिन्छ । ती स्वास्थ्य संस्थाको इच्छाशक्ति कत्तिको छ भन्नेमा भर पर्ने कुरा हो ।

कोभिडको संक्रमणको सुरुवाती अवस्थामा कत्तिको जोखिममा रहनुभयो ?

सायद कुनै चिकित्सक र स्वास्थ्यकर्मी कोभिड संक्रमणबाट बच्न सकिएन कि जस्तो लाग्छ मलाई । कतिपय सञ्चो भएर काममा फर्कनुभयो भने कतिपयले विरामीको उपचार गर्दा गर्दै ज्यान पनि गुमाउनुभयो । यसर्थमा सबै चिकित्सक, स्वास्थ्यकर्मी यसको जोखिममा रह्यौ जस्तो लाग्छ ।

कोभिडकोे महामारीको समयमा कति बिरामीको शल्यक्रिया गर्नुभयो ?
यति नै भनेर त भन्न सक्दिन तर उपचारमा आएका तत्काल शल्यक्रिया गर्न पर्ने खालका विरामीलाई मैले निराश वनाउने काम गरिन । उहाँहरुको पीसीआर टेष्ट गरेर भए पनि मैले त्यस बेलादेखि नै विरामीको उपचार गरेको छु ।

शल्य चिकित्सकहरुले त प्रत्यक्ष फेस गर्नुपर्छ त्यो पनि बन्द कोठामा कोभिडको डर लागेन त्यस बेला ?
मैले अगाडी नै भने कि तत्काल अप्रेशन गर्नपर्ने विरामीलाई पक्कै पनि निराश वनाएको छैन । अब चिकित्सक नै डरायो भने त यहाँ कस्तो अवस्था आउला कल्पना गर्नुस त । यो अवस्थामा हामी सबै चिकित्सक, स्वास्थ्यकर्मी निकै नै संवेदनशिल भएर काम गरिरहेका छौँ । त्यो जगजाहेर भएको कुरा हो ।

पहिले सम्बन्धित अंग चिरेर गरिने अप्रेशन (लेजर) र अहिलेको नयाँ प्रविधिको अप्रेशन (ल्याप्रोस्कोपिक) मा कुन विधि सजिलो हुन्छ ? र खर्चको हिसाबले कुन सस्तो पर्छ ?

जुन विधिबाट अप्रेशन गर्दा पनि चिकित्सकलाई अप्ठेरो हँुदैन अब तपाईले विरामीको कुरा गर्नु भएको हो भने चिरेर गरिने अप्रेशन भन्दा नयाँ प्रविधिको अप्रेशन सजिलो हुन्छ । किन भने यो विधि बाट अप्रेशन गर्दा ठुलो घाउ हँुदैन र अवस्था राम्रो छ भने २, ३ दिनमा नै उहाँलाई डिस्चार्ज गर्न सकिन्छ । खर्चको कुरामा चिरेर गरिने अप्रेशनमा भन्दा दुरविन पद्दतिको अप्रेशनमा खर्च बढी जस्तो लाग्छ तर सबै हिसाव गर्ने हो भने दुरविन पद्दति नै सस्तो पर्न जान्छ । अप्रेशनपछि छिटो घर जान पाइने हुँदा अस्पतालका अन्य खर्च, विरामी कुरुवाको खर्च, औषधी खर्चमा बचत हुन्छ । तर हामीले के कुरा पनि बुझ्नुपर्छ भने कुनै कुनै अप्रेशन दुरविन विधिबाट गर्न नमिल्ने खालका पनि हुन सक्छन ।

तपाईले भनेका २ वटा अप्रेशन विधिमा जटिल अवस्था कुनमा बढी आउँछ ?

मेडिकल साईन्समा हरेक क्षेत्रमा जटिलता हुन्छ । अप्रेशन होस वा मेडिसिन होस् । चिकित्सकले ती जटिलतालाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेतर्फ निकै नै ध्यान दिएको हुन्छ ।

कतिपय अवस्थामा विरामीलाई थाहा दिएर पनि अप्रेशन गरेका कुराहरु सुनिन्छ त्यसरी अप्रेशन गर्न सम्भव हुन्छ र डा.साव ?
तपाईले भन्नुभएको कुरा केही हदसम्म लागू हुन सक्छ । त्यो कुन अवस्थामा गर्नुहुन्छ त्यो बिरामीको अवस्थामा पनि भर पर्ने कुरा हो । कम्मर भन्दा मुनीको भागको अप्रेशन छ भने त्यस बेला विरामीले मेरो अप्रेशन भइरहेको छ भन्ने कुरा थाहा पाउन सक्छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *