तिज गीत ‘मयूरको भालेले’ सार्वजनिक

गौतमबुद्ध शन्देस
साउन १२, भैरहवा ।

हरीतालिका तिजको अवसरमा ‘मयूरको भालेले’ गीत सार्वजनिक भएको छ । सुदिप कुवँर र रचना रीमालको स्वरमा रहेको उक्त गीतमा नेपाली फिल्म क्षेत्रका चर्चित कोरियोग्राफर तथा निर्देशक रामजी लामिछानेले निर्देशन गरेका छन् । गीतको भिडियोमा मोडल एलिना रायमाझी र निक्स शर्माको अभिनय रहेको छ । गायक कुवँरले यसअघि ‘मायाले ईशारा ’, ‘मायालु जहिले रीसाउनी’, ‘टोपि खस्यो बरीलै’ जस्ता गीतहरु गाईसकेका छन् ।
गीतमा मान कृष्ण महर्जनको छायांकन र मिराज आर्याल,योगेन्द्र कार्कीको सम्पादनमा रहेको भिडियो सुदिप कुवँर युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
https://www.youtube.com/watch?v=4UctUuPVjjA

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *