पश्चिम नवलपरासीको बर्दघाटमा सवारी दुर्घटना, एक जना गम्भिर घाइते

नवलपरासी ,८ श्रावण ।पश्चिम नवलपरासीको बर्दघाटमा सवारी दुर्घटनामा परि एक जना गम्भिर घाइते भएका छन ।
पुर्व पश्चिमी राजमार्ग अन्तरगत पुर्वबाट पश्चिम तर्फ आउदै गरेको लु ५५ प ८१४६ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउदै गरेको प्रदेश ०१ -०२-००१ ख ८४७५ नम्बरको मालबाहक ट्रकले ठक्कर दिदा मोटरसाइकल चालक सरावल गाउँपालिका वडा नम्बर ६ बस्ने अन्दाजी बर्ष ५० का पदुवारी यादव गम्भिर घाइते भएको र घाइतेको स्थानिय अस्पतालमा उपचार पश्चात थप उपचारको लागी बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपि राजु लामाले जानकारी दिए छ ।
दुर्घटनामा परेको ट्रक र चालकलाई बर्दघाट ईलाका प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *