सीमामा कडाई गर्न बुटवल उद्योग वाणिज्य संघको माग

बुटवल, ८ साउन । नेपालका सीमावर्ती बजारलाई भारतीय सीमावर्ती बजारले अत्याधिक प्रभाव पारेको भन्दै बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले सिमानाका कडाई गर्ने गरी नीतिगत व्यवस्था मिलाउन माग गरेको छ । कोरोना महामारीको समयमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुँदा स्थानीय उद्योग व्यबसायमा सकारात्म प्रभाव परेको देखिएकोले सरकारले सिमानाका कडाई गर्ने नीति लिए त्यसले नेपाली बजारमा व्यापार बिस्तार, स्थानीय उत्पादनको प्रवद्र्धन र राजश्व असुलीमा समेत बढोत्तरी हुने भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।
भैरहवा आएका वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेललाई बिहीबार सांझ ज्ञापनपत्र बुझाउँदै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले विभागबाट हुन सक्ने विभागबाटै गरिदिन र नहुने कुराहरु मन्त्रालयमा पहल गरिदिन आग्रह गरे ।
ज्ञापन पत्र बुझ्दै महानिर्देशक पौडेलले कतिपय कुराहरु फाइल तयार भएर पनि विभागीय मन्त्री नहुँदा मन्त्रालयमा फाइल लैजान नपाएको बताए । विभागबाट हुने कुराहरु विभागले मिलाउने र दुई तीनवटा कार्यालयबाट हुने कुरालाई एकद्वारबाट हुने गरी तयारी भएको जानकारी दिए । उनले एक्जिम कोड एकद्वारबाट गर्न वाणिज्य कार्यालयमार्फत हुने गरी तयारी भएको बताए ।
संघले बुझाएको ज्ञापन पत्रमा निकासी पैठारी प्रयोजनका लागि व्यवसायीले लिने आयात निर्यात संकेत नम्बर (एक्जिम कोड) को धरौटी लगायत नविकरण गर्ने प्रावधान तथा प्रकृयालाई सरलीकरण गर्न र बैंक सेवा शुल्क न्युनतम गर्न, एक करोड भन्दा बढी पूंजी भएका व्यवसासिक फर्मको दर्ता तथा नविकरण विभागबाट हुँदै आएकोमा स्थानीय वाणिज्य कार्यालयबाट व्यवस्था मिलाउन, साना व्यवसायीहरुको आवश्कयता अनुसार सहज रुपमा सुनचाँदी आपूर्तिको व्यवस्थाका साथै व्यवसायीले ग्राहक तथा सर्वसाधारणबाट खरिद गर्ने सुनचाँदीमा अव्यवहारिक प्रशासनिक झन्झटहरुलाई सहजीकरण गर्न आग्रह गरिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *