तिलोत्तमाका १४ सहित रुपन्देहीमा थपिए ३३ संक्रमित ,,

८ श्रावण,बुटवल । जिल्लामा पछिल्लो २४ घण्टामा ३३ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा ३७१ जनाको कोरोना परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टामा ३५ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा तिलोत्तमा नगरपालिकामा ११ जना, बुटवल उपमहानगरपालिकामा ९ जना, देवदह नगरपालिकामा ४ जना, सिद्धार्थनगर नगरपालिका, सैनामैना नगरपालिका र कन्चन गाउँपालिकामा २–२ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि ज्यान नगएको कार्यालयले जनाएको छ । हालसम्म जिल्लामा ५०६ जनाको कोरोनाबाट मृत्यु भएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३३२ रहेको छन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *