१४ वर्ष पछि फरार अभियुक्त पक्राउ

रमेश बिक
३० असार । अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिकाका वार्ड नं। ५ बस्ने हुम बहादुर रास्कोटीलाई कर्तव्य ज्यान मुद्दामा १४ वर्ष पछि
कपिलबस्तु बाणगंगा नगरपालिका वार्ड नं। १ उप्टहवा स्थित घरमा रहेको गोप्य सुचना प्राप्त पछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय पिपरा कपिलबस्तुसँग समन्वय गरि असार २९ गते पक्राउ गरेको छ ।

पक्राउ परेका रास्कोटीलाई २०७८र०३र३० गते अदालतबाट ५ दिन म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक अमर थापाले पत्रकार सम्मेलन गरि बताए ।

अर्घाखाँची जिल्लाको साविक मैदान गा।बि।स।वार्ड नं।९ भर्तापुर बस्ने २१ वर्षीय नारायण बहादुर सुर्यवंसीलाई पुर्व रिसीबीका कारण मिति २०६४।०७।२६ गते दिउँसो १२ बजेको समयमा आफ्नै घरमा खाना खान लागेको अवस्थामा तिन जनाले मृतककै घरको थाममा सनको नाम्लाले बाधी लाठीले हानी कुटपिट गरेको र नारायण बहादुर सुर्यवंसी सोही चोटपिडाको कारण मृत्यु भएको भन्ने मृतकको फुपाज्यु जग बहादुर सोमै मगरको जाहेरी दरखास्त भएको मुद्दामा उल्लेख रहेको समेत बताए ।

प्रहरीले तीन जना अभियुक्त गन बहादुर खाम्चाकी, चोक बहादुर खाम्चाकी मगर, हुम बहादुर रास्कोटी मगर मध्ये एक जना हुम बहादुर रास्कोटी मगरलाई पक्राउ गरेको र २ जना अझै फरार रहेको उपरीक्षक थापाले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *